खाद्य कम्पनीले बेच्न थाल्यो बजार मूल्यभन्दा प्रतिकिलो १०० रुपैयाँ सस्तोमा खसीबोका

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि दशैंका लागि खसीबोका विक्री शुरु गरेको छ ।

 

खाद्य कम्पनीले बजार मूल्यभन्दा प्रतिकिलो सस्तो अर्थात प्रतिकिलो ५६० रुपैयाँमा खसी तथा बोका विक्री वितरण शुरु गरेको हो ।
कम्पनी दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको बडादशैँका लागि खसीबोका ल्याएको छ ।

 

खाद्यले खसीबोकाको मूलय प्रतिकिलो ५६० रुपैयाँ निर्धारण गरे पनि त्यसमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

 

उनका थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट प्रतिकिलो ५५० रुपैयाँ दरमा खसीबोका विक्री भइरहेको छ ।

 

कम्पनीका अनुुसार पहिलो चरणमा दाङबाट २०० र मकवानपुरबाट २०५ गरी ४०५ खसीबोका काठमाडौँ आइपुगेको छ । यस वर्ष कम्पनीले दुई जिल्लाबाट एक हजार खसीबोका ल्याउने तयारी गरेको छ ।

 

मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य भएपछि अन्तिममा नल्याउने निर्णय भएको जनाइएको छ ।

लोप हुँदै रैथाने बाली, कृषकलाई प्रोत्साहित गर्न छैन कुनै आकर्षक कार्यक्रम Read Previous

लोप हुँदै रैथाने बाली, कृषकलाई प्रोत्साहित गर्न छैन कुनै आकर्षक कार्यक्रम

५४ मेवा क्षमताको सुपरदोर्दी ‘ख’ को काम ८० प्रतिशत सम्पन्न Read Next

५४ मेवा क्षमताको सुपरदोर्दी ‘ख’ को काम ८० प्रतिशत सम्पन्न