फर्स्ट माइक्रोफाइनान्सको नाफा १० प्रतिशतले वृद्धि, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । योसँगै लघुवित्त चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बनेको छ ।

 

सोमबार प्रकाशित विवरण अनुसार लघुवित्तले पहिलो त्रैमासमा २ करोड ९७ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १०.७२ प्रतिशत अर्थात् २८ लाख ७८ हजार रुपैयाँ बढी हो। गत आवको सोही अवधिमा लघुवित्तले २ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 

लघुवित्तको ब्याज आम्दानी, सञ्चालन मुनाफा बढेसँगै नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.१९ प्रतिशतले बढेर ५ करोड २७ लाख ५७ हजार रुपैयाँमा पुगेको छ छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ४ करोड २४ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

 

यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ११्.३६ प्रतिशतले बढेर ४ करोड ७१ लख ६८ हजार रुपैयाँ पुगेको छ । लघुवित्तले गत वर्षको सोही अवधिमा ४ करोड २३ लाख ५६ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा लघुवित्तले ५ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ सापटी लिई ६ अर्ब ३ करोड १७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।  हाल ८७ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १६ करोड ६० लाख रुपैयाँ सञ्चित छ।

 

लघुवित्तको प्रतिसेयर आम्दानी १३.५६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११८.९४ पैसा र मूल्य आम्दानी अनुपात ४१.७५ गुणा रहेको छ।

लकडाउन हटे पनि व्यापार कमब्याक नहुँदा हवाई कम्पनी संकटमा, बिजनेश क्लासको टिकट बिक्नै छाडे Read Previous

लकडाउन हटे पनि व्यापार कमब्याक नहुँदा हवाई कम्पनी संकटमा, बिजनेश क्लासको टिकट बिक्नै छाडे

लोप हुँदै रैथाने बाली, कृषकलाई प्रोत्साहित गर्न छैन कुनै आकर्षक कार्यक्रम Read Next

लोप हुँदै रैथाने बाली, कृषकलाई प्रोत्साहित गर्न छैन कुनै आकर्षक कार्यक्रम