सोचे अनुसारको व्यवसाय वृद्धि नभएपछि र महामारी सोचेभन्दा बढी लम्बिएपछि एयरलाइन्स कम्पनीहरूको लागि अबको हिउँद पनि लामो र अत्यास लाग्दो हुने भएको छ । त्यसैले उनीहरू निर्मम ढंगले खर्च घटाउन र सरकारसँग सहयोग माग्न तर्फ अग्रसर भएका छन् ।
अहिले एयरलाइन्स कम्पनीहरू समयसँग भिडिरहेको र लडाईं लामो समयसम्म लड्नका लागि धेरै पैसाको आवश्यकता पर्ने यो क्षेत्र सम्बद्ध मानिसहरू बताउन थालेका छन् ।
सबैभन्दा ठूलो समस्या भनेको एयरलाइन्स कम्पनीहरूको लागि धेरै फाइदाजनक बिजनेश क्लासको बुकिङ धेरै घटेको छ । यस्तो क्लासमा यात्रा गर्नेहरू अब ‘भर्चुअल्ली’ नै बैठक गर्न थालेका छन् ।
सन् २०२० को पहिले ६ महिनामा एयरलाइन्स कम्पनीहरूको कारोबारमा ८० प्रतिशतको गिरावट आएको अन्तर्राष्ट्रिय हवार्ई यातायात संगठन (आयटा) ले जनाएको छ । उडान पूर्ण रूपमा सञ्चालन नभएको भएपनि कर्मचारीको तलब, मर्मत सम्भार, इन्धन, एयरपोर्ट लेभी लगायत धेरै स्थिर खर्चहरू कम्पनीहरूले व्यहोरिरहेका छन् ।
लकडाउनको निषेधाज्ञा कम हुन थालेपछि व्यवसायमा केही सुधार आएको भएपनि सेप्टेम्बरयता फेरि घट्न थालिसकेको छ । हिउँदको बुकिङ अघिल्लो वर्षको भन्दा ७८ प्रतिशत कम रहेको छ ।
सबैभन्दा ठूलो समस्या भनेको एयरलाइन्स कम्पनीहरूको लागि धेरै फाइदाजनक बिजनेश क्लासको बुकिङ धेरै घटेको छ । यस्तो क्लासमा यात्रा गर्नेहरू अब ‘भर्चुअल्ली’ नै बैठक गर्न थालेका छन् ।
हवाई यात्रा सुरक्षित छ भनेर बुझाउन धेरै प्रयत्न गरेको भएपनि त्यो प्रभावकारी हुन सकेको छैन । विभिन्न देशहरूले यात्रुहरूका लागि अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेका छन् ।हवाई यात्रा गर्दा कोरोना भाइरसको संक्रमण हुने संभावना ज्यादै न्यून रहेको आयटाका मेडिकल कन्सलटेन्ट डेभिड पावेल बताउँछन् ।
अहिले यो क्षेत्र एयरपोर्टमा हुने प्रभावकारी भाइरस टेस्टिङले मात्र व्यवसायमा केही सुधार ल्याउन सक्ने बताउन थालेका छन् । अनिवार्य क्वारेन्टिनको व्यवस्थालाई पूर्ण रूपमा बन्द गर्न नसके पनि केही घटाउन सक्यो भने पनि धेरै सहज हुने उनीहरूको बुझाइ छ ।
अहिले विश्वका कतिपय एयरपोर्टहरूमा भाइरस टेस्टिङ प्रणालीमो शुरूवात भइसकेको छ । विशेषगरी विश्वका ठूला एयरपोर्टहरूले यो प्रणालीको शुरूवात गरेका छन् । हालै फ्रान्सले पनि शुरू गरेको छ ।
एयरपोर्टले अहिलेको निकै गहिरो घाउमा केही मल्हम लगाउन सके पनि समस्याको समाधान भने गर्न नसक्ने आयटा बताउँछ । यसका लागि सामान्य अवस्था नआउन्जेलसम्म सरकारको सहयोग अनिवार्य भएको उसको बुझाइ छ ।
आयटाको तथ्याङ्कको अनुसार अहिलेसम्म ऋण, कर छुट इत्यादी विभिन्न शिर्षकमा सरकारहरूले एयरलाइन्स कम्पनीहरूलाई १६० अर्ब डलरको सहायता प्रदान गरेका छन् ।
तर, व्यस्त हुने र धेरै नगद जम्मा हुने समयमा थन्केर बस्नु परेपछि अबको हिउँदमा एयरलाइन्स कम्पनीहरूले थेग्न नसक्ने आयटाले बताएको छ । यो महिनाको शुरूवातमा युनाइटेड एयरलाइन्सले १३ सय कर्मचारी निकालीसकेको छ । अब अमेरिकी सरकारको सहायता यो कम्पनीले कुरेर बसिरहेको छ ।
कम खर्चमा उडान भर्ने र अहिलेसम्म सरकारी सहायता नलिएको भनेर गर्व गर्ने कतिपय एयरलाइन्सहरूले पनि थेग्न नसक्ने बताउन थालेका छन् ।
व्यवसाय धान्नका लागि एशियाका कतिपय एयरलाइन्स कम्पनीहरूले ‘कहीँ पनि नपुग्ने उडान’ सञ्चालन गर्न थालेका छन् । यस्ता उडान गन्तव्यविहीन ढंगले केही समय आकाशमा उड्छन र लामो समय उड्न नपाएर तड्पिएका मानिसहरूको रहर पूरा गर्छन् ।
यसैगरी जहाजको खाना ‘मिस’ गर्ने मानिसहरूको लागि सिङ्गापुर एयरलाइन्सले आफ्ना ‘ग्राउन्डेड’ जहाजमा रेष्टुरेन्ट सञ्चालन गरेको छ । र, यो निकै सफल भएको सिङ्गापुर एयरलाइन्सको दाबी छ ।