अब सार्वजनिक यातायात चढ्नेले अनिवार्य ‘फेस शिल्ड’ लगाउनु पर्ने

काठमाडौं । अब सार्वजनिक यातायात चढ्ने यात्रुले अनिवार्य फेस शिल्ड लगाउनु पर्ने भएको छ । सरकारले सार्वजनिक यातायातमा फुल सिट यात्रु राख्न अनुमति दिएसँगै कोरोना संक्रमण फैलिने जोखिमलाई मध्येनजर गर्दै यात्रुलाई फेस शिल्ड अनिवार्य गरेको हो ।

 

यातायात व्यवस्था विभागले बस चढ्नुअघि फेस शिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने सूचना सार्वजनिक गरेको हो । सरकारले असोज २६ गतेखेखि सार्वजनिक यातायातको सबै सिटमा यात्रु राख्न अनुमति दिएपछि यात्रुबीच दूरी कायम नहुने भन्दै यात्रुले अनिवार्य फेस शिल्ड लगाउनुपर्ने बताएको हो।

 

असोज २६ पछि बसका सबै सिटमा यात्रु बस्न थालेका छन्। साथै, मास्क र स्यानीटाइजर पनि यात्रुले अनिवार्य लगाउनुपर्ने विभागले जनाएको छ।यसरी फेस शिल्डको प्रयोग गर्दा संक्रमण जोखिम कम हुने विभागको विश्वास छ।

 

यसअघि भने सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कको मात्र प्रयोग गर्ने भनिएको थियो। विभागले यो नियम यथाशिघ्र कार्यान्वयन गर्न सर्वसाधरणलाई अपिल गरेको छ।

 

सेयर बजारलाई लाग्यो दशैं, कारोबार रकम ह्वात्तै घट्यो Read Previous

सेयर बजारलाई लाग्यो दशैं, कारोबार रकम ह्वात्तै घट्यो

लकडाउन हटे पनि व्यापार कमब्याक नहुँदा हवाई कम्पनी संकटमा, बिजनेश क्लासको टिकट बिक्नै छाडे Read Next

लकडाउन हटे पनि व्यापार कमब्याक नहुँदा हवाई कम्पनी संकटमा, बिजनेश क्लासको टिकट बिक्नै छाडे