सेयर बजारलाई लाग्यो दशैं, कारोबार रकम ह्वात्तै घट्यो

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । गतसाता करिब ३० अंकले घटेको बजार यो साता पनि पहिलो दिनबाटै ओरालो लागेको छ ।

 

दशैं लागेसँगै बजारमा लगानीकर्ताको उपस्थिति पनि घट्न थालेको छ । जसको प्रभाव कारोबार रकम ह्वात्तै घटेको छ । यसअघि दैनिक औसतमा  २ अर्ब बढीको कारोबार हुँदै आएकोमा आज त्यो घटेर सवा १ अर्बमा सीमित भएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से ५.६६ अंकले घटेर१५५८.८० विन्दुमा आइपुगेको छ । यसदिन १८७ कम्पनीको १ अर्ब २५ करोड २७ लाख ४८ हजार १८१रुपैयाँ बराबरको कारोबार भएको छ । ४३ लाख ५२ हजार १० कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये निर्जीवन बीमा र व्यापार समूह बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेका छन् । आज निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३१.५८ अंकले बढेको छ भने विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै २९.१९ अंकले घटेको छ ।

 

कारोबारका आधारमा आज हिमालयन बैंकको प्रमोटर सेयर शीर्ष स्ूथानमा रह्यो । यसको सबैभन्दा धेरै २४ करोड ४५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल पुनर्बीमा कम्पनी र आइसीएफसी फाइनान्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज जनरल इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । रैराङ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ७.५४ प्रतिशतले गुमाएका छन् ।

नवीकरण शुल्क नबुझाउने २५ कम्पनी नेप्सेको कारबाहीमा, यी ५ कम्पनीको सेयर कारोबार रोक्का Read Previous

नवीकरण शुल्क नबुझाउने २५ कम्पनी नेप्सेको कारबाहीमा, यी ५ कम्पनीको सेयर कारोबार रोक्का

अब सार्वजनिक यातायात चढ्नेले अनिवार्य ‘फेस शिल्ड’ लगाउनु पर्ने Read Next

अब सार्वजनिक यातायात चढ्नेले अनिवार्य ‘फेस शिल्ड’ लगाउनु पर्ने