नवीकरण शुल्क नबुझाउने २५ कम्पनी नेप्सेको कारबाहीमा, यी ५ कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वार्षिक् नवीकरण शुल्क नबुझाउने २५ कम्पनीलाई कारबाही गरेको छ ।

 

आर्थिक वर्ष सकिएको ३ महिनाभित्र नवीकरण शुल्क बुझाउनु पर्ने कानूनी व्यवस्था अनुसार छ । त्यसलाई वेवास्ता गर्दै शुल्क नबुझाउने २५ कम्पनीलाई नेप्सेले कारबाही गरेको हो ।

 

कारबाहीमा पर्ने कम्पनीहरुमा १४ उत्पादनमूलक कम्पनी, ६ वटा फाइनान्स कम्पनी, ३ हाइड्रो कम्पनी र १/१ वटा होटल र अन्य समूहका कम्पनी रहेका छन् ।

 

कुल २५ कम्पनीको सेयर कारोबार रोक्का गरिएको भए पनि ५ वटा कम्पनी मात्र नियमित कारोबार हुने गर्दछन् । नेप्सेले दोस्रो बजारमा नियमित कारोबार हुने मल्टीपर्पोज फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर र हिमालय डिष्टिलरीको सेयर कारोबार रोक्का गरेको हो ।

 

धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार ५० करोड रुपैयाँसम्मको चुक्ता पूँजी भएका कम्पनीले ५० हजार रुपैयाँ र ५० करोडभन्दा माथि चुक्ता पूँजी रहेको कम्पनीले १ लाख रुपैयाँ वार्षिक नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था छ ।

भक्तपुरका सबै सरकारी कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द Read Previous

भक्तपुरका सबै सरकारी कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

सेयर बजारलाई लाग्यो दशैं, कारोबार रकम ह्वात्तै घट्यो Read Next

सेयर बजारलाई लाग्यो दशैं, कारोबार रकम ह्वात्तै घट्यो