काठमाडौं। कोरोना संक्रमित बिरामीमा प्रयोग हुने ‘रेम्डिसिभिर’ औषधि आयातका लागि तीन कम्पनीलाई अनुमति दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका दुई र भारतको एक कम्पनीलाई आयात तथा विक्रीका लागि अनुमति दिएको हो ।
मन्त्रालयले एक सूचना जारी गर्दै यती फर्माकेम डिस्ट्रिब्युर्ट्स, ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड,काठमाडौं र हेटेरो ल्याब्स लिमिटेड, भारतलाई ‘रेम्डिसिभिर’ आयात तथा विक्रीका लागि अनुमति दिएको हो ।
भारतलाई रेम्डिसिभिर औषधि आयात तथा विक्रीका लागि सूचीकृत गरिएको मन्त्रालयले जनाएको छ । रेम्डिसिभिरको प्रयोगले बिरामीको अस्पताल बसाइँ छोट्याएको चिकित्सकको दाबी छ ।
रेम्डिसिभिर नेपालमा क्लिनिकल ट्रयालका रुपमा प्रयोग भएको औषधिसमेत हो ।‘रेम्डिसिभिर’ औषधि प्रयोग गरिरहेका कोभिड १९ उपचार गर्ने अस्पतालले चिकित्सकको सिफारिसमा माथि उल्लेखित सूचीकृत फर्म र फार्मेसीमा सम्पर्क राख्नुपर्ने छ ।
शुरूमा यो औषधि इबोला भाइरसको उपचारमा प्रयोग गरिएको थियो। यसलाई अमेरिकाको ‘फूड एन्ड ड्रग एसोसिएसन’ ‘एफडीए’ ले पनि मान्यता दिएको छ।
