सेती जलविद्युतको लगानी जुट्यो, एनएमबीको नेतृत्वमा ३ संस्थाले साढे ३ अर्ब लगानी गर्ने
चाणक्य पोष्ट
प्रकाशित : 3:21 pm, शुक्रबार, असोज ३०, २०७७

काठमाडौं। कुल २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनामा एनएमबी बैंकको अगुवाइमा ३ संस्थाले लगानी गर्ने भएका छन् ।

 

उक्त आयोजनामा एनएमबी बैंकसहित कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले लगानी गर्ने भएका छन् ।

 

आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये यी तीन संस्थाले कुल ३ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएका हुन् । बाँकी लगानी आयोजनाले संस्थापकबाट जुटाउने छ ।

 

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको जलविद्युत परियोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले निर्माण गर्दैछ ।

 

यस परियोजनामा एनएमबी मुख्य लगानीकर्ता रहेको छ । यो आयोजनासहित एनएमबीले कुल ४३ वटा जलविद्युत आयोजनामा लगानी गरिसकेको छ ।

Advertisement Section