नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं । नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड ३ लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो ।

 

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि २ वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको छ ।

 

कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ ।

 

कोषले आगामी कात्तिक २ गतेभित्र प्रस्ताव बुझाउन भनेको छ । कोषमा रकम जम्मा गरेका तथा विभिन्न क्षेत्रमा गरेको लगानीको प्रतिफलबाट प्राप्त गरेको रकम मुद्दती निक्षेपमा राख्दै आएको छ ।

सिटिजन्स बैंकका ग्राहकले डिल आयो डटकमबाट सपिङ गर्दा २५ प्रतिशतसम्म क्यासब्याक Read Previous

सिटिजन्स बैंकका ग्राहकले डिल आयो डटकमबाट सपिङ गर्दा २५ प्रतिशतसम्म क्यासब्याक

दशैंमा सौराहा, पोखराका अधिकांश होटलले ल्याएनन् अफर Read Next

दशैंमा सौराहा, पोखराका अधिकांश होटलले ल्याएनन् अफर