विदेशमा मृत्यु भएका श्रमिकको आफन्तलाई सहयोग गर्न आइएमईले स्थापना गर्‍यो ‘भरोसा कोष’

काठमाडौं । कोरोना भाइरस महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई सहयोग गर्ने उद्देश्यले आइएमईले ‘भरोसा कोश’ स्थापना गरेको छ ।

 

कोषमा २०७६ पुस १६ देखि २०७७ असोज ३० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडाको केन्द्रीय कार्यालयमा कात्तिक मसान्तसम्म आवेदन दिन सक्नेछन् । साथै, प्रादेशिक कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् ।

 

रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइने कम्पनीले जनाएको छ । कति रकम सहयोग गर्ने भन्ने बारे कम्पनीले केही खुलाएको छैन ।आइएमई व्यवस्थापनले आफ्ना आधिकारिक वेभ-साइटहरू मार्फत आज एक आह्वान पत्र जारी गर्दै उक्त कुरा बताएको हो ।

 

‘हामी नेपालीले मनाउँदै आएका चाडपर्वहरूको यो मौसम पनि यसवर्ष हामीलाई फिक्का लागेको छ । त्यसैले पनि सधैँ चाडपर्वलाई लक्षित गरी ल्याइने सेवाग्राहीमुखी स्किम ल्याउन यसपटक हामी असमर्थ भयौँ । तथापि, चाडपर्वमा दिनुपर्ने विशेष सेवाको व्यवस्था सदा झैँ यसपटक पनि मिलाइएको छ । हामीले यस वर्ष पर्वलक्षित स्किममा खर्चिने स्रोत तथा साधनलाई कल्याणकारी कार्यमा लगाउने निर्णय गरेका छौँ । हाम्रो यो प्रयासबाट थोरै भएपनि प्रभावित परिवारलाई आड भरोसा मिल्नेमा हामी विश्वस्त छौँ,’ कम्पनीले जारी गरेको आह्वान-पत्रमा उल्लेख गरिएको छ ।

नयाँ अर्थमन्त्रीलाई सेयर बजारले देखायो हरियो झन्डा Read Previous

नयाँ अर्थमन्त्रीलाई सेयर बजारले देखायो हरियो झन्डा

अर्थमन्त्री पौडेलको पहिलो निर्णय, विश्व बैंकसँग २३ अर्ब ऋण लिने फाइलमा हस्ताक्षर Read Next

अर्थमन्त्री पौडेलको पहिलो निर्णय, विश्व बैंकसँग २३ अर्ब ऋण लिने फाइलमा हस्ताक्षर