 
			काठमाडौं । नव नियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।
हिजो अर्थमन्त्रीमा नियुक्त भएका उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
उनले पहिलो निर्णय स्वरुप विश्व बैंकबाट २० करोड डलर (करिब २३ अर्ब रुपैयाँ) ऋण लिने फाइलमा हस्ताक्षर गरेका छन् ।
पौडेलले अर्थमन्त्रालयको नेतृत्व जिम्मेवारी यो दोस्रो पटक हो । उनी यसअघि २०७२ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा अर्थमन्त्री बनेका थिए ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                