शिवम् सिमेन्ट्सले बोलायो साधरण सभा, कहिलेसम्म सेयर किन्नेले पाउँछन् लाभांश

काठमाडौं । शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको २४.२१ प्रतिशत लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

 

कम्पनीले कात्तिक २४ गते कर्पोरेट कार्यालय, अनामनगरमा पाँचौ वार्षिक साधारण सभा डाकेको हो। साधरण सभामा भर्चुअल माध्यम (भिडियो कन्फ्रेन्स) मार्फत सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । सहभागी हुन सेयरधनीलाई जुम आइडी र पासवर्ड उपलब्ध गराउने कम्पनीले जनाएको छ।

 

कम्पनीले साधरण सभामा २४.२१ प्रतिशत लाभांश पारित गर्ने, गत आर्थिक वर्षको वासलत उपर छलफल गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायत प्रस्ताव एजेन्डाका रुपमा लैजाने भएके छ ।

 

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १३ गते बुकक्लोज मिति तोकेको छ । यस अनुसार कात्तिक १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थमन्त्री पौडेलको पहिलो निर्णय, विश्व बैंकसँग २३ अर्ब ऋण लिने फाइलमा हस्ताक्षर Read Previous

अर्थमन्त्री पौडेलको पहिलो निर्णय, विश्व बैंकसँग २३ अर्ब ऋण लिने फाइलमा हस्ताक्षर

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँट, ५ लाख ९० हजारको हात रित्तो Read Next

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँट, ५ लाख ९० हजारको हात रित्तो