सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँट, ५ लाख ९० हजारको हात रित्तो

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

 

विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलमा आज बिहान भएको बाँडफाँट अनुसार २ लाख ७३ हजार जना भाग्यशाली आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने ५ लाख ९० हजार ५४५ जनाको हात रित्तो भएको छ ।

 

क्यापिटलका अनुसार कम्पनीको आइपीओमा कुल ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएका थिए । तीमध्ये ३ हजार ३६० आवेदन रद्द भएको थियो ।

 

कम्पनीको आइपीओमा हालसम्मकै धेरै कीर्तिमानी आवेदन परेको थियो । यसअघि जनरल इन्स्योरेन्सको सबैभन्दा धेरै ७ लाख ९४ हजार बढीले आवेदन दिएका थिए ।

 

कम्पनीले असोज २१ गतेदेखि अंकित मूल्य १०० रुपैयाँमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ विक्री खुला गरेको थियो ।

 

कम्पनीले निष्काशन गरेको ३० लाख कित्तामध्ये १ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोष र १ लाख २० हजार कित्ता (४ प्रतिशत) कम्पनीका कर्मचारीका लागि छुटयाएको छ। बाँकी २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधरणका लागि छुट्याइएको थियो ।

शिवम् सिमेन्ट्सले बोलायो साधरण सभा, कहिलेसम्म सेयर किन्नेले पाउँछन् लाभांश Read Previous

शिवम् सिमेन्ट्सले बोलायो साधरण सभा, कहिलेसम्म सेयर किन्नेले पाउँछन् लाभांश

ढर्राबाट डिजिटल प्रणालीमा रुपान्तरण हुँदै कर प्रशासन, अधिकांश काम अनलाइन बाटै Read Next

ढर्राबाट डिजिटल प्रणालीमा रुपान्तरण हुँदै कर प्रशासन, अधिकांश काम अनलाइन बाटै