काठमाडौं । एनआइसी एशिया बैंकले वडादशैं, तिहार, छठ जस्ता चाडवाडलाई लक्षित गर्दै ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ ।
यस योजना अनुसार बैंकका ग्राहकले १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक ५० प्रतिशतसम्म नगद छुट तथा नगद फिर्ता पाउनेछन् ।
ती ब्राण्डका सामान किन्दा मोबाइल बैंकिङ्ग, डेबिट/क्रेडिट कार्ड बाट भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट पाउने भएका हुन् । यो योजना कात्तिक १ गतेदेखि मंसिर ५ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।
पछिल्लो समय कोरोना महामारी तीव्ररुपमा फैलिरहेको र चाडवाड नजिएकाले भीडभाड बढ्दै गएको बेला बैंकले ल्याएको ‘डिजिटल उत्सव’ योजनाले ग्राहकलाई सहज र सुरक्षित बनाउने बैंकले विश्वास लिएको छ ।
कुन ब्राण्डको सामान किन्दा कति प्रतिशत छुट ?
