विश्वकै दुर्लभ गुलाबी हिरा लिलामीमा, साढे ४ अर्बमा पाउने अनुमान

विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा बेच्न आगामी नोभेम्बर ११ मा लिलाम प्रक्रियामार्फत् आगामी नोभेम्बर ११ मा बेचिने भएको छ।

 

रूसको सोतेबीको जेनेभा मग्निफिसन्ट ज्वेल्स् र नोबल ज्वेल्स्ले यसबारे सञ्चारमाध्यमलाई स्थानीय समय अनुसार सोमबार जानकारी गराएका हुन्।

 

‘गुलावको आत्मा (द स्प्रिट अफ द रोज)’ नाम दिइएको उक्त १४.८३ क्यारेटको हिराको मूल्य २ करोड ३० लाखदेखि ३ करोड ८० लाख अमेरिकी डलर (करिब २ अर्ब ७१ करोडदेखि ४ अर्ब ४८ करोड रुपैयाँ) पर्ने अनुमान गरिएको अमेरिकी पाक्षिक पत्रिका फोब्सले जनाएको छ।

 

लिलामीका लागि राखिएको उक्त रत्न विश्वभर पाइने अन्य बहुमूल्य धातुको दुई प्रतिशत मात्रै रहेको अनुमान गरिएको छ।

 

‘यो विक्री एलोरोसा र सोथेबीबीच लामो समयसम्मको सम्बन्धको परिणाम हो, यस उत्कृष्ट धातुको बारेमा धेरै महिनासम्म छलफल भएको थियो र छलफलले यसलाई बिक्रीको लागि प्रस्ताव गर्ने उत्तम तरिका भएको निश्कर्ष निकालेको थियो,’ विशेषज्ञ र सोथेबीको ज्वेलरी विभागका निर्देशक तथा ज्वेल्स विक्री प्रमुख बेनोइट रिपेलिनलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

 

गोलाकार आकारको उक्त मणि २७.८५ क्यारेटको स्पष्ट गुलाबी डायमण्डले बनेको छ।रूसको उत्तरी पूर्वी साखा गणतन्त्रमा रूसी खनिज कम्पनी अलरोसाको स्वामित्वमा रहेको खानीमा भेटिएको थियो।

 

हीरालाई सेर्गेई डायागिलेभले निर्माण गरेपछि ‘द स्पिरिट अफ द रोज’ नाम दिइएको थियो भने सन् १९११ को अप्रिल १९ मा पहिलो पटक सार्वजनिक गरिएको थियो। एजेन्सी

सानिमा बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति Read Previous

सानिमा बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति

एनआइसी एशियाले ल्यायोे ‘डिजिटल उत्सव’ योजना, डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट Read Next

एनआइसी एशियाले ल्यायोे ‘डिजिटल उत्सव’ योजना, डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट