सानिमा बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई १० बोनस सेयर र कर प्रयोजन सहित ३.६० प्रतिशत नगद गरी कुल १३.६० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्षको भन्दा ८ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिएको थियो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

 

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड रुपैयाँ रहेको छ भने बोनस वितरणपछि चुक्ता पूँजी ९ अर्ब ६८ पुग्नेछ ।

जावाको मोटरसाइकल नेपालमा विक्री शुरू Read Previous

जावाको मोटरसाइकल नेपालमा विक्री शुरू

विश्वकै दुर्लभ गुलाबी हिरा लिलामीमा, साढे ४ अर्बमा पाउने अनुमान Read Next

विश्वकै दुर्लभ गुलाबी हिरा लिलामीमा, साढे ४ अर्बमा पाउने अनुमान