बंगलादेशसँग पैँचो मागेको रासायनिक मल मंसिरसम्म आइपुग्ने, ८ महिना भित्र फिर्ता गर्नुपर्ने

काठमाडौं । बंगलादेशसँग पैँचो मागिएको ५० हजार मेट्रिकटन रासायनिक मल अबको २ महिना (मंसिरसम्म) ल्याइपुर्याइने भएको छ । कृषि सामग्री कम्पनीले दुबईको डेन्ट्रेड कम्पनीलाई मल आयात गर्ने ठेक्क दिएसँगै २ महिनाभित्र मल आइपुग्ने निश्तित भएको हो ।

 

कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णु पोखरेल बंगलादेशबाट मल आयात गर्दा प्रति मेट्रिकटन ८२.२४ डलर लाग्ने बताउँछन् । उनले सम्झौता भइ ठेक्का समेत दिइसकेको हुँदा चाँडै मल आयात हुने बताए ।

 

नेपाल सरकारले बंगलादेशबाट सापटी मागेर ५० हजार मेट्रिक टन युरिया मल ल्याउन लागेको हो । बंगलादेशले चित्तगाउँ बन्दरगाहबाट ५० हजार टन युरिया मल दिने लिखित सहमति भएको हो । सो मल ढुवानी गरेर दुबईको डेन्टेड कम्पनीले ल्याउने भएको छ ।

 

पैँचो ल्याएको मल बंगलादेशलाई आठ महिनाभित्र तिरिसक्ने समझदारी भएको छ । कृषि सामग्रीले ग्लोबल टेन्डरबाट सो परिमाणको मल खरिद गर्ने ठेकेदारलाई कलकत्ता बन्दरगाहसम्म ल्याउने जिम्मा दिइएको छ । त्यहाँबाट चित्तगाउँ बन्दरगाहसम्म कृषि सामग्रीले नै ढुवानी गरेर ल्याउने समझदारी भएको छ ।

 

कृषि सामग्री कम्पनीले ढुवानीका लागि एक हप्ताको समय राखेर असोज ३ गते नै टेन्डर आह्वान गरेको थियो । ७० दिनको समय दिएर बंगलादेशबाट मल ल्याउन लागिएको हो । ढुवानीका लागि छनोट भएको ठेकेदारले नै प्याकेजिङ गरी ल्याउनुपर्ने सर्त राखिएको छ ।

 

पैँचो ल्याएको मल बंगलादेशलाई आठ महिनाभित्र तिरिसक्ने समझदारी भएको छ । कृषि सामग्रीले ग्लोबल टेन्डरबाट सो परिमाणको मल खरिद गर्ने ठेकेदारलाई कलकत्ता बन्दरगाहसम्म ल्याउने जिम्मा दिइएको छ । त्यहाँबाट चित्तगाउँ बन्दरगाहसम्म कृषि सामग्रीले नै ढुवानी गरेर ल्याउने समझदारी भएको छ ।

 

कृषि सामग्री कम्पनीले चालु आर्थिक वर्षका लागि १ लाख १० हजार मेट्रिकटन यूरीया मल आयातका लागि टेन्डर भइसकेको छ । ९५ हजार मेट्रिकटन डीएपी मल आयातका लागि टेन्डर भएको छ भने १० हजार मेट्रिक टन पोटास मल का लागि पनि टेन्डर भइसकेको कृषि सामग्री कम्पनीले जनाएको छ ।

 

सो मध्ये पोटास एक हप्तामा आयात भइसक्ने कम्पनीले जनाएको छ । डीएपी मल भारतमा आइसकेको र दशैँ लगत्तै नेपाल भित्रि सक्ने कृषि सामग्री कम्पनीका प्रवक्ता पोखरेलले बताए । पोटास र डीएपी मल विसकपटनमा आइसकको उनले जानकारी दिए ।

 

‘पोटास र डीएपी मल पटनममा आइसकेको छ, केही दिनमै नेपाल भित्रिने छ । यूरीया मल पनि निबाट आउने क्रममा रहेको छ,’ प्रवक्ता पोखरेलले चाणक्य पोष्टसँग भने ।

 

उनले यूरीया मल समेत हिनमा लोडिङ भइरहेको बताए । सो ३० हजार मेट्रिकटन मल चाँडै आइपुग्ने उनको भनाइ छ । सो मल आयात भएपछि बंगलादेशलाई फिर्ता गर्न शुरू गरिने छ ।

 

बंगलादेशबाट पैँचोमा मल ल्याउन कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले पहल गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीकृति लिएर बंगलादेशसँग सरकारीस्तरबाटै पैँचोमा मल ल्याउन डेढ महिनाअघि पहल गरेका थिए ।

डीडीसीकै गोदाममा भेटियो म्याद गुज्रेको २ लाख किलो बटर Read Previous

डीडीसीकै गोदाममा भेटियो म्याद गुज्रेको २ लाख किलो बटर

नेपाल फाइनान्सले १२५ प्रतिशत हकप्रदका लागि तोक्यो बुकक्लोज मिति Read Next

नेपाल फाइनान्सले १२५ प्रतिशत हकप्रदका लागि तोक्यो बुकक्लोज मिति