नेपाल फाइनान्सले १२५ प्रतिशत हकप्रदका लागि तोक्यो बुकक्लोज मिति

काठमाडौं । नेपाल फाइनान्सले १२५ प्रतिशत हकप्रद सेयर निष्काशन प्रयोजनार्थ सेयर दाखिला खारेज (बुकक्लोज) मिति तोकेको छ ।

 

कम्पनीले १:१.२५ अनुपातमा हकप्रद निष्काशन प्रयोजनका लागि कात्तिक ६ गते बुकक्लोज मिति तोकेको छ । यस अनुसार कात्तिक ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले फाइनान्सको हकप्रद भर्न पाउनेछन् ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरले १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

 

हाल १३ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको हकप्रद विक्रीपछि चुक्ता पूँजी ३० करोड ५५ लाख रुपैयाँ पुग्नेछ।

 

यो हकप्रद निष्काशन पछि पनि फाइनान्सले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्ने छैन । चुक्ता पूँजी पुर्याउन फाइनान्सले फेरि १७५ प्रतिशत हकप्रद निष्काशन गर्ने तयारी गरेको जनाइएको छ ।

बंगलादेशसँग पैँचो मागेको रासायनिक मल मंसिरसम्म आइपुग्ने, ८ महिना भित्र फिर्ता गर्नुपर्ने Read Previous

बंगलादेशसँग पैँचो मागेको रासायनिक मल मंसिरसम्म आइपुग्ने, ८ महिना भित्र फिर्ता गर्नुपर्ने

जावाको मोटरसाइकल नेपालमा विक्री शुरू Read Next

जावाको मोटरसाइकल नेपालमा विक्री शुरू