महालक्ष्मी विकास बैंकले दशैंको अवसरमा ब्याजमा १० प्रतिशत छुट दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले दशैंको अवसरमा आफ्ना ऋणीहरुलाई ब्याजमा १० प्रतिशत छुट दिने भएको छ ।

 

कोरोनाका कारण सृजित असहज परिस्थितिलाई मध्येनजर गर्दै बैंकले आफ्ना ऋणीलाई असोज मसान्त भित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १० प्रतिशत छुट दिने भएको हो ।

 

ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा ब्याजदर समेत घटाएको छ ।

 

बैंकले हाल देशभरका १०२ शाखा, ३४ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

विश्व अर्थतन्त्रमा चीनको दबदबा बढ्दै, कोरोनाका बाबजूद अन्तर्राष्ट्रिय व्यापारमा छलाङ Read Previous

विश्व अर्थतन्त्रमा चीनको दबदबा बढ्दै, कोरोनाका बाबजूद अन्तर्राष्ट्रिय व्यापारमा छलाङ

दशैं नजिकिएसँगै सेयर बजार सुस्त, सूचक र कारोबार दुवैमा गिरावट Read Next

दशैं नजिकिएसँगै सेयर बजार सुस्त, सूचक र कारोबार दुवैमा गिरावट