विश्व अर्थतन्त्रमा चीनको दबदबा बढ्दै, कोरोनाका बाबजूद अन्तर्राष्ट्रिय व्यापारमा छलाङ

यो सेप्टेम्बर महिनामा चीनको आयातमा उच्च वृद्धि भएको छ । साथै, अन्य देशहरुले महामारीको कारण जारी गरेको निषेधाज्ञा विस्तारै खुकुलो बनाउँदै लगेपछि निर्यातमा पनि वृद्धि हुन थालेको छ ।

 

सेप्टेम्बर महिनामा चीनको निर्यात गत वर्षको भन्दा ९.९ प्रतिशतले बढेको पछिल्लो तथ्याङ्कले देखाएको छ । गत अगस्ट महिनामा पनि निर्यात ९.५ प्रतिशतले बढेको थियो ।

 

व्यापारमा देखिएको उच्च वृद्धिले चीन महामारीको प्रभावबाट विस्तारै बाहिर निस्कँदै गरेको तर्फ संकेत गर्दछ । विश्व अर्थतन्त्र सुचारु भएपछि चीनले आफ्नो बजार हिस्सामा व्यापक वृद्धि गर्ने आंकलन गर्न थालिएको छ, उसका अन्य प्रतिस्पर्धीहरुको उत्पादन क्षमतामा संकुचन आएका कारण ।

 

यो समयमा चिनियाँ कारखानाका गतिविधिहरु सुचारु हुन थालेको छ ।विश्वभर चलिरहेको पूर्वाधार केन्द्रित ‘स्टिमुलस प्याकेज’ र बढ्दो तेलको मूल्यको कारण चीनको निर्यात बढ्दै जाने अर्थशास्त्रीहरु बताउँछन् ।

 

चिनीयाँ अर्थशास्त्रीहरु सरकारले अर्थतन्त्र जोगाउनका लागि चालेका कदमहरु प्रभावकरी देखिएको बताउँछन् । घरेलु माग बढेका कारण आयात पनि बढेको उनीहरुको दाबी छ । यसका साथै चिनियाँ मुद्राको भाउ बढेपछि पनि चिनियाँहरुको क्रय शक्ति बढेको उनीहरुको दाबी छ ।

 

बढेको आयातले चीनको व्यापार नाफा पनि घटाएको छ । अगस्टमा ५८.९३ अर्ब डलर व्यापार नाफा रहेकोमा अहिले सेप्टेम्बरमा ३७ अर्ब डलर मात्र व्यापार नाफा रहेको छ ।

 

चीन र अमेरिका बीच बढ्दै गएको राजनीतिक द्धन्द्ध आगामी नोभेम्बरको राष्ट्रपति चुनाव पश्चात् थप बढ्ने आंकलन गरिएको छ । गत फेब्रुअरीमा गरिएको सम्झौताको चीनले कार्यान्वयन गरेको छैन । सम्झौता अनुरुप चीनले गर्नुपर्ने अमेरिकी वस्तुको आयात तोकिएको संख्यामा गरेको छैन ।

 

सेप्टेम्बरमा अमेरिकासँग चीनको व्यापार नाफा ३०.७५ अर्ब डलर रहेको छ । अगस्टमा व्यापार नाफा ३४.२४ अर्ब डलर रहेको थियो ।

 

अगस्टमा भएको टेलिफोन कुराकानीमा अमेरिकी र चिनियाँ अधिकारीहरुले पहिलो चरणको व्यापार सम्झौता कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका थिए । तर, चीनले आफ्नो प्रतिबद्धता पूरा नगर्नेमा अमेरिकी अधिकारीहरु सशंकित रहेको बताइएको छ ।

अनलाइन शिक्षाका लागि सनराइज बैंकले गर्‍यो ३ लाख सहयोग Read Previous

अनलाइन शिक्षाका लागि सनराइज बैंकले गर्‍यो ३ लाख सहयोग

महालक्ष्मी विकास बैंकले दशैंको अवसरमा ब्याजमा १० प्रतिशत छुट दिने Read Next

महालक्ष्मी विकास बैंकले दशैंको अवसरमा ब्याजमा १० प्रतिशत छुट दिने