काठमाडौं । सनराइज बैंक र जोन्टा क्लब काठमाडौंबीच अनलाइन शिक्षका लागि सहकार्य भएको छ ।
कोरोनाका काराण विद्यालयहरु बन्द रहेको अवस्थालाई मध्ये नजर गर्दै निजी र सार्वजनिक विद्यालयहरूमा अनलाइन शिक्षा शुरू गर्न सहयोग पुर्याउने उद्देश्यले जोन्टासँग सहकार्य गर्दै बैंकले आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले आफ्नो १३ औं वार्षिकोत्सवमा जोन्टा क्लबसँग सहयकार्य गर्दै ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । यस सहयोगले विद्यालयका शिक्षकहरुलाई ल्यापटप, डिजिटल साक्षरता, र प्रशिक्षण प्रदान गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।