दशैं नजिकिएसँगै सेयर बजार सुस्त, सूचक र कारोबार दुवैमा गिरावट

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । सोमबार झिनो अंकले बढेको नेप्सेमा आज करिब साढे ९ अंकले घटेको छ ।

 

दशैं नजिकिएसँगै कारोबार रकममा पनि सुस्त हुँदै गएको छ । गतहप्तासम्म औसतमा दैनिक साढे २ अर्ब कारोबार हुँदै आएकोमा पछिल्ला दिनहरुमा त्यो क्रमशः घट्दै २ अर्ब मुनि झरेको छ ।

 

सेयर बजार मापक सूचक नेप्से आज ९.४२ अंकले घटेर १५६८.५९ विन्दुमा आइपुगेको छ । यसदिन १९३ कम्पनीको १ अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९७७ रुपैयाँ बराबरको कारोबार भएको छ । ६७ लाख ८२ हजार ९४७ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये ३ समूहको परिसूचक उकालो लागेका छन् भने ७ समूहको परिसूचक ओरालो लागेका छन् । आज सबैभन्दा धेरै उत्पादनमूलक समूहको परिसूचक १०.८४ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४८.४१ अंकले घटेको छ ।

 

आज लगानीकर्ताको रोजाइमा अरुण काबेली पावर कम्पनी परेको छ । यसको सबैभन्दा धेरै ११ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा ज्योति विकार रमुक्तिनाथ विकास बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज ज्योति विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ४.८३ प्रतिशत कमाएका छन् भने पञ्चकन्या माइ हाइड्रोपावरका सेयरधनीले ८.७२प्रतिशतले गुमाएका छन् ।

महालक्ष्मी विकास बैंकले दशैंको अवसरमा ब्याजमा १० प्रतिशत छुट दिने Read Previous

महालक्ष्मी विकास बैंकले दशैंको अवसरमा ब्याजमा १० प्रतिशत छुट दिने

च्याङ्ग्राको भाउ अचाक्ली महँगियो, एउटैको मूल्य ३५ हजार Read Next

च्याङ्ग्राको भाउ अचाक्ली महँगियो, एउटैको मूल्य ३५ हजार