टाटा गाडीको सर्भिस सुविधा अब धादिङको धार्केमा

काठमाडौं । नेपालका लागि टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले धादिङको धार्केस्थित जुँगे खोलामा आफ्नो सेवा विस्तार गरेको छ ।

 

ग्राहकको मागलाई सम्बोधन गर्दै कम्पनीले सम्पूर्ण टाटा कमर्शियल गाडीहरुको सर्भिस तथा मर्मतको लागि धार्केमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

 

‘गाडी बेच्नु मात्र नभएर विक्रीपछिको सेवालाई ध्यानमा राखेर सिप्रदी अघि बढीरहेको छ । सिप्रदीले कम्पनीको सुरुवातबाटै विक्री पश्चातको सेवालाई उच्च प्राथमिकतामा दिँदै आइरहेको छ र यो धार्केमा खोलिएको सर्भिस सेन्टरले हाम्रो यो प्रतिबद्धताको पुस्टि गर्छ । र हामीलाई आशा छ यो सर्भिस सेन्टरले यो राजमार्गमा टाटाको गाडी चलाउने ग्राहकहरुलाई सहजता प्रदान गर्ने छ,’ सिप्रदीका कस्टमर केयर, कमर्सियल भेइकलका प्रमुख साम्देन लामाले भने।

 

कम्पनीले राजमार्गमा आकस्मिक मर्मत सेवाका लागि २४ घण्टा ७ दिन उपलब्ध रहने निःशुल्क फोन नम्बरहरु उपलब्ध गराएको छ। नेपाल टेलिकमको नम्बरबाट १६६००१५५७७७ वा एनसेलको भए ९८०१५७५७७७ मा फोन गर्न सकिने छ।

माछापुच्छ्रे बैंकका ग्राहकले अकामा र मुनलाइट होटलमा १५ प्रतिशत छुट पाउने Read Previous

माछापुच्छ्रे बैंकका ग्राहकले अकामा र मुनलाइट होटलमा १५ प्रतिशत छुट पाउने

हाइड्रोको सेयरमा आएको उछाल स्वभाविक कि सोझा लगानीकर्ता फसाउने फन्डा Read Next

हाइड्रोको सेयरमा आएको उछाल स्वभाविक कि सोझा लगानीकर्ता फसाउने फन्डा