माछापुच्छ्रे बैंकका ग्राहकले अकामा र मुनलाइट होटलमा १५ प्रतिशत छुट पाउने

काठमाडौं । माछापुच्छ्रे्रे बैंक र होटल अकामा तथा होटल मुनलाइटबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

 

सम्झौता अनुसार अब बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न सक्नेछन् ।

 

नगद कारोबारबाट हुने जोखिम कम गर्न, डिजिटल कारोबारलाई प्राथमिकता दिन तथा ग्राहकलाई सहुलियत प्रदान गर्नको लागि बैंकले विभिन्न संघसंस्था तथा व्यापारिक प्रतिष्ठानसँग सम्झौता गर्दै आएको छ ।

 

बैंकले हाल देशभरका १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्स काउण्टर, १९९ वटा एटीएममार्फत सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम हुँदै, भौतिक प्रगति ६४ प्रतिशत Read Previous

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम हुँदै, भौतिक प्रगति ६४ प्रतिशत

टाटा गाडीको सर्भिस सुविधा अब धादिङको धार्केमा Read Next

टाटा गाडीको सर्भिस सुविधा अब धादिङको धार्केमा