काठमाडौं। लक्ष्मी बैंक र एशियन डेभलपमेन्ट बैंक (एडीबी) को ट्रेड फाइनान्स प्रोग्रामबीच सहकार्य गर्ने सम्झौता भएको छ । नेपालमा ऋण विस्तार गर्नका लागि सम्झौता भएको हो।
एडिबिको ट्रेड फाइनान्स प्रोग्राम नेपालमा सन् २००९ देखि सञ्चालनमा छ।आजसम्म यस कार्यक्रमले २०० भन्दा बढी वित्तीय कारोबार गरिसकेको छ। यसबाट ८ करोड २० लाख अमेरिकी डलरको सहयोग प्राप्त भएको छ।
यसबाट कृषि कमोडिटी, निर्माण सामग्री तथा मेसिनरी, सोलार प्यानल तथा टेक्सटायल जस्ता विभिन्न ८० क्षेत्रका साना तथा माझौला व्यवसायहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्।
सम्झौता हस्ताक्षरपछि लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले एडिबिको ट्रेड मेम्बर बैंकका रुपमा सहभागी भई अन साइट तथा अफ साइट कार्यहरु प्रति लगनशील रहेका कारणले यस परियोजनामा सहभागी भएको बताए।
लक्ष्मी बैंक नेपाली साना तथा मझौला व्यवसाय, कर्पोरेट, इन्स्टिच्युसनल तथा इन्फ्रास्टक्चर प्रोजक्टहरुमा ट्रेड फाइनान्स सेवा प्रदान गर्दै आइरहेको छ। यसबाट अन्तर्राष्ट्रिय बजारमा नेपाली ग्राहकहरुले फाइदा लिन सक्ने उनले जानकारी दिए।