काठमाडौं । सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको पूँजीगत लाभकर गणना गर्दा प्रयोग गरिएको भारित औसत विधि सम्बन्धी उत्पन्न विवाद समाधान भएको छ । बुधबार अर्थ मन्त्रालयमा बसकेको सर्वपक्षीय बैठकले सहमति कायम गरेको हो ।
सेयर कारोबारको औसत मूल्य निकाल्दा २०५८ देखि २०७६ असार मसान्तसम्मको कारोबार भएको सेयरको मूल्यलाई आधार मूल्य कायम गर्ने सहमति भएको छ ।
यसअघि साउन ८ गते धितोपत्र बोर्ड, नेप्से, सीडीएसी, ब्रोकर र लगानीकर्ताका संगठनबीच यही विधिलाई आधार मान्ने निर्णय भएको थियो ।
लगानीकर्ताहरुले हिजो धितोपत्र बोर्डमा समस्या समाधान गर्न दवाव स्वरुप विरोधपत्र दर्ता गराएका थिए । यस्तै साउन ८ गते धितोपत्र बोर्ड, नेप्से, सीडीएससी, ब्रोकर र लगानीकर्ताहरु बीच भएको सहमति तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै यसमा विलम्ब गरिए आन्दोलनमा उत्रिन बाध्य हुने उनीहरुले बताएका थिए ।