नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त

काठमाडौं । नबिल बैंकको अध्यक्षमा बैंकर तथा समाजसेवी उपेन्द्र पौड्याल नियुक्त भएका छन्। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौड्याललाई बैंकको अध्यक्ष पदमा नियुक्र गरेको हो।

 

अध्यक्षको शम्भु प्रसाद पौड्यालको पदावधि सकिए लगतै उनलाई बैंकले उपेन्द्र नयाँ अध्यक्षका लागि चयन गरेको हो।

 

२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको हो। उनी पछिल्लो समय एशिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत रहेका छन्।

 

३ दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए।

 

यस्तै, बैंकमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ। अध्यक्ष शम्भु प्रसाद पौड्याल र सदस्य दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो।

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ कति कित्ता भर्नु उपयुक्त Read Previous

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ कति कित्ता भर्नु उपयुक्त

राष्ट्रिय गौरवका सडक : दशैंमा कामदारलाई १ हप्तामात्र छुट्टी दिएर गति बढाइने, यस्तो छ ६ सडकको अवस्था Read Next

राष्ट्रिय गौरवका सडक : दशैंमा कामदारलाई १ हप्तामात्र छुट्टी दिएर गति बढाइने, यस्तो छ ६ सडकको अवस्था