स्वतन्त्र चेत, सृजनशिल मष्तिष्क र थोरै अराजक ब्यवहार भएका ‘युवा’हरुको रुचीको बिषय हो उद्यमशिलता । र, मुलुकको आवश्यकता पनि ।
अनी अचाक्ली आयात र ब्यापार घाटाले लपेटिएका बेला निर्यातको कुराले हल्ला ताजा वायु प्रवाह गर्छ नेपालको आकाशमा ।त्यसैले यो कथा हाम्रो रुची र आवश्यकता दुवै हो ।
सुजन श्रेष्ठ कोलोराडोमा बस्थे सन् २००६ ताका, स–साना ब्यवसाय गरेर । त्यतिबेला उनका साथीहरु सुमन श्रेष्ठ र निशेस श्रेष्ठ नेपालको छुर्पी अमेरिका लगेर बेच्ने ब्यवसायीक योजना बुन्दै थिए । उनीहरु ४ बर्ष अघिदेखी यो योजनामा घोत्लीरहेका थिए ।
साथीहरुले सुजनलाई आफ्नो योजना सुनाए र संलग्न हुन आग्रह गरे । सुजन जिल्ल परे र भने, ‘यहाँका मान्छेको दाँत भाचिन्छ छुर्पी खाँदा । डेन्टिस्टले अनुमति दिदैंन ।’
विश्वभरका ३० लाखभन्दा बढि उद्योगले प्रतिस्पर्धा गरेको ठाउँमा पहिलो हुनु र जहाँ आफु पढ्न वा काम गर्न गएको हो, त्यही ठाउँका कैयौं रैथानेहरुलाई जागिर दिनुको मज्जा त बेग्लै छ नी !
वास्तवमा त्यो छुर्पी मानिसहरुका लागि नभएर अमेरिकाका कुकुरहरुका लागि बेच्ने योजना थियो ।
‘अनी कुकुरले खान्छ त ?’ सुजनले सोधे ।
विगत ४ बर्षदेखि त्यसैमा लागिरहेका अन्य दुई युवाले सुजनलाई आश्वस्त तुल्याए । र, २ हजार अमेरिकी डलरबाट अमेरिकी कुकुरका लागि छुर्पी बेच्ने ब्यवसाय अघि बढ्यो ।
सुजनले ब्यवसाय अघि बढाउने जिम्मा लिए र त्यसका लागि आफ्ना योजना बनाउन थाले । उनले १ बर्ष तलब पनि नलिई काम गरे । त्यो पनि एक्लै । करिब डेढ बर्षको तयारी पछि ब्यवसाय शुरु भयो र छुर्पी ‘हिमालयन डग चिउ’को नामले ब्राण्डिङ गरियो ।
सुजनले आफ्ना दुई सहकर्मीहरु समक्ष सन् २०१३ सम्म आफुले कार्यकारीको रुपमा काम गर्ने र त्यसपछि कार्यकारी भुमिकाबाट छुट्टी पाउनुपर्ने शर्त राखे । र, त्यतिन्जेलसम्म बार्षिक कारोबार ५० लाख डलर पुर्याउने कार्ययोजना पेश पनि गरे ।
‘त्यसपछि मेरो बुबा सुटकेसमा ५ किलो छुर्पी लिएर अमेरिका आउनुभयो र त्यसलाई हामीले अमेरिकी हाट बजारमा (कुकुरको खाना बेच्ने) सानो स्टल भाडामा लिएर बिक्री गर्ने प्रयास गर्यौं,’ सुजन सम्झिन्छन् ।
करिब ६ घण्टा लाग्ने त्यो बजारमा पहिलो ४ घण्टा कसैले पनि वास्तै गरेन उनि सम्झन्छन् । तर, ब्यवसायीक अनुभव बटुलेका सुजनले जुक्ति निकाले । र, कुकुरसहित आएकी एक महिलालाई उक्त ब्राण्डेड छुर्पी हातैमा थमाए ।
महिला अनकनाइन । तर, आश्वस्त तुल्याए पछि उनले त्यो छुर्पी आफ्नो कुकुरलाई खान दिइन । कुकुरले गजबले छुर्पी खायो । ‘ती महिलाले कुकुरको मुखबाट त्यो छुर्पी खोस्न खोज्दा त कुकुर उनीसँगै रिसायो र थुत्नै दिएन’, सुजन सुनाउँछन् ।
अहिले कम्पनीको वार्षिक कारोबार करिब डेढ करोड अमेरिकी डलर (प्रति १ डलर ११० रुपैयाँ एक्सचेन्ज दर अनुसार १ अर्व ६५ करोड) पुगिसकेको छ ।
कुुकुरले स्वादले त्यो छुर्पी खाइदिएपछि उनीहरुको लागि एकाएक ब्यवसायीक उडानको लागि पखेटा पलाए झैं भयो । र, ‘हिमालयन डग च्यु’ नामको ब्राण्डले जन्म लियो, जुन हालसालै विश्वकै जनावरहरुले खाने खाना उत्पादन गर्ने कम्पनीहरुको प्रतिस्पर्धामा पहिलो भएको छ । र, अहिले बेलायतको लण्डनमा मुख्य कार्यालय भएको यो कम्पनीले घरपालुवा जनावरहरुको लागि अन्य धेरै ब्राण्डमा खानेकुरा उत्पादन गर्न थालिसकेको छ ।
अहिले कम्पनीको वार्षिक कारोबार करिब डेढ करोड अमेरिकी डलर (प्रति १ डलर ११० रुपैयाँ एक्सचेन्ज दर अनुसार १ अर्व ६५ करोड) पुगिसकेको छ ।
तीनै महिलाको माध्यमबाट घरपालुवा जनावरहरुको खानेकुरा बेच्ने पसल संचालक उनीहरुको सम्पर्कमा आइपुगे र बाँकी रहेको सबै डग च्यु किनेर लगे । त्यसको १ हप्तामा ती पसलेले फेरी फोन गरे र २ सय वटा प्याकेट अर्डर गरे । त्यहीबाट ब्यवसायले छलाङ हान्ने संकेत देखायो । केही समयपछि त सैयौं इमेल आउन थाल्यो, डग च्यु किन्नको लागि । तर, सयस्या एउटै थियो । नेपालको उत्पादन क्षमता ।
धरानको बजारबाट उनीहरुले छुर्पी मगाउने गरेका थिए । माग यस्तो बढ्यो कि बजारको सबै छुर्पी उठाउँदा पनि उनीहरुको माग थेगेन । त्यसपछि उनीहरु ताप्लेजुङको छुर्पी बनाउने गाउँ मै पुगे र मूल्य बढि तिरेर आफ्नो माग अनुसारको छुर्पी बनाउन लगाए । त्यो बर्ष त्यो गाउँले करिब ३ हजार किलो छुर्पी उत्पादन गर्यो, जुन उनीहरुले करिब ७० हजार अमेरिकी डलरमा बेचे ।
अहिले उनीहरुसँग अमेरिकामा ६० हजार वर्ग फुटको कार्यालय छ । ८० जना अमेरिकी कामदार छन् । नेपालको प्रशोधन उद्योगमा पनि करिब ८० जना कर्मचारी छन् । तर, परोक्ष रुपमा भने नेपालमा करिब १२ हजार (डेरी किसानहरु लगायत) यो कम्पनीबाट लाभान्वित भएका छन् ।
यसैगरी उनीहरुले अमेरिकामा एउटा फार्मसँग साझेदारीमा करिब ४५ सय गाई पालन गरिरहेका छन् । उनीहरुको नेपाली उत्पादनले अमेरिकामा प्रवेश पाए पनि युरोप र अष्ट्रेलियामा प्रवेश नपाउने हुनाले विश्वब्यापी स्तरमा आफ्नो उत्पादन फैलाउन र बढ्दो माग धान्न अमेरिकामा गाई पालेको सुजन बताउँछन् । अहिले डग च्युलगायत अन्य कम्पनीको नामका विश्वको सबै महादेशमा आफ्ना उत्पादन बिक्री भइरहेको सुजन बताउँछन् ।
यो उद्यमशिलताको कथा हो । निर्यात को कथा हो । अनी नेपालीहरुले विदेशमा गरेको सृजनशिल कामको कथा पनि हो ।
पैसा कमाउनु मात्र ठूलो कुरा होइन । विदेशमा सामान्य रेष्टुराँ खोलेर यहाँबाट लाखौं असुल्दै नेपाली कामदार लगेर पनि कमाएका छन् ।
नेपाली विद्यार्थीहरुलाई विदेश लैजाने सहजकर्ताको भूमिका खेलेर पनि कमाएका छन् । अनी दैनिक १८ घण्टा काम गरेर पनि कमाएकै छन् ।
तर, विश्वभरका ३० लाखभन्दा बढि उद्योगले प्रतिस्पर्धा गरेको ठाउँमा पहिलो हुनु र जहाँ आफु पढ्न वा काम गर्न गएको हो, त्यही ठाउँका कैयौं रैथानेहरुलाई जागिर दिनुको मज्जा त बेग्लै छ नी !