माछापुच्छ्रे बैंकले ल्यायो ट्वान्टी-ट्वान्टी योजना, कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक

काठमाडौं । माछापुच्छ्रे बैंकले स्थापनाको २० वर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको अवसरमा  ग्राहक लक्षित ट्वान्टी–ट्वान्टी (२०–२०) स्मार्ट योजना संचालनमा ल्याएको छ ।

 

चाडवाडको समयमा हुने किनमेललाई ध्यानमा राख्दै बैंकले बैंकका डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङका प्रयोगकर्तालाई लक्षित गर्दै क्यासब्याक अफर संचालनमा ल्याएको हो ।

 

उक्त अफर योजना अन्तर्गत ग्राहकले माछापुच्छ्रे बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डबाट पीओएस वा इ–कमर्श साइटहरुमा भुक्तानी गर्दा साथै मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत वा बढिमा २०० रुपैयाँसम्मको क्यास ब्याक अफर प्राप्त गर्न सक्नेछन् ।

 

२० दिनसम्म संचालन हुने यस योजनामा २० प्रतिशत क्यासब्याक अफरमा सहभागि भई क्यासब्याक प्राप्त गर्न ग्राहकले सो अवधिभर कम्तीमा २०० बराबरको २ वटा छुट्टाछुट्टै कारोबार गर्नुपर्नेछ ।

 

कोभिड १९ को जोखिम बढी नै रहेको र चाडवाडको समय नजिकिँदै गइरहेको समयमा डिजिटल कारोबारलाई प्रोत्साहित गर्न बैंकले उक्त २०–२० स्मार्ट योजना संचालनमा ल्याएको हो ।

 

बैंकले हाल देशभरका १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्सन काउण्टर, १९९ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँट, ५ लाख २१ हजारको हात रित्तो Read Previous

जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँट, ५ लाख २१ हजारको हात रित्तो

प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा प्रदीप खड्का र कृष्टिना गुरुङ नियुक्त Read Next

प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा प्रदीप खड्का र कृष्टिना गुरुङ नियुक्त