जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँट, ५ लाख २१ हजारको हात रित्तो

काठमाडौं । जनरल इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ।

 

विक्री प्रबन्धक एनआइबीएल क्यापिटलमा गरिएको बाँडफाँट अनुसार २ लाख ७३ हजार जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने ५ लाख २१ हजार ५४६ जनाको हात खालि भएको छ ।

 

कम्पनीको आइपीओमा कुल ७ लाख ९४ हजार ५४६ जनाले आवेदन दिएका थिए । त्यसमध्ये २ हजार १८८ आवेदन रद्द भएको छ ।

 

कम्पनीले असोज ११ गतेदेखि १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो ।

 

जसमा १ लाख २० हजार कित्ता (४ प्रतिशत) संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुटयाइएको थियो । बाँकी २७ लाख ३० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

 

हाल ७० करोड कम्पनीको चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

 

इन्स्योरेन्सले गत आर्थिक वर्षमा २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ५ करोड ६ लाख नाफा कमाएको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ७.२३ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १०४.०२ रुपैयाँ रहेको छ ।

नेको इन्स्योरेन्सको पौने ११ लाख कित्ता सेयर ३९५ रुपैयाँमै किन्ने अवसर, कहाँबाट दिने आवेदन Read Previous

नेको इन्स्योरेन्सको पौने ११ लाख कित्ता सेयर ३९५ रुपैयाँमै किन्ने अवसर, कहाँबाट दिने आवेदन

माछापुच्छ्रे बैंकले ल्यायो ट्वान्टी-ट्वान्टी योजना, कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक Read Next

माछापुच्छ्रे बैंकले ल्यायो ट्वान्टी-ट्वान्टी योजना, कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक