प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा प्रदीप खड्का र कृष्टिना गुरुङ नियुक्त

काठमाडौं । प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार अभिनेता प्रदीप खडका र अभिनेतृ कृष्टिना गुरुङ्ग नियुक्त भएका छन् ।

 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ति गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

 

उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङ्ग अभिनित बैंकको विज्ञापन सार्वजनिक गरिएको थियो । नेपाली सिनेमा जगतका ख्यातिप्राप्त कलाकारद्धय बैंकको ब्राण्ड एम्बास्डर नियुक्त भएपछि सर्वसाधारणमा बैंकप्रतिको विश्वसनीयतामा वृद्धि हुने बैंकले विश्वास लिएको छ ।

माछापुच्छ्रे बैंकले ल्यायो ट्वान्टी-ट्वान्टी योजना, कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक Read Previous

माछापुच्छ्रे बैंकले ल्यायो ट्वान्टी-ट्वान्टी योजना, कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक

चीनले रच्यो अन्नबाली उत्पादनमा कीर्तिमान, हरेक नागरिकले उत्पादन गरे ४७० किलो अन्न Read Next

चीनले रच्यो अन्नबाली उत्पादनमा कीर्तिमान, हरेक नागरिकले उत्पादन गरे ४७० किलो अन्न