वाणिज्य विभागले तोक्यो पानीको मूल्य, यस्तो छ नयाँ भाउ

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानीको मूल्य तोकेको छ ।

 

विभागले प्रशोधित पानी कम्पनी उत्पादन मूल्य प्रतिजार २० रुपैयाँ, डिस्ट्रीब्यूटर मूल्य ३५ रुपैयाँ र खुद्रा मूल्यमा प्रति जार ४० रुपैयाँदेखि ५० रुपैयाँ तोकेको छ ।

 

त्यस्तै, प्रशोधित पानी एक लिटर बोतलको प्रति कार्टुन कम्पनी मूल्य ११० रुपैयाँ, डिस्ट्रीब्यूटर मूल्य प्रति कार्टुन १३० रुपैयाँ र खुद्रा मूल्य प्रति कार्टुन १५० रुपैयाँ तोकेको छ । सो पानीको मूल्य प्रति बोतल १६ रुपैयाँ अघिकतम मूल्य तोकिएको छ ।

 

वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागले हाल निर्धारण गरिएको गुणस्तर, अनुज्ञापत्र, परीक्षण मापदण्ड पूरा गरी न्यूनतम सरसफाइका पूर्वशर्त पालना गरी उत्पादन गर्न उद्योगहरुलाई निर्देशन दिएको छ ।

 

उद्योग तथा विक्री केन्द्रहरुले न्यूनतम समर्थन मूल्यमा विक्री गर्नु पर्ने र सो भन्दा बढीमा विक्री गरेको पाइए २ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गरिने विभागले जनाएको छ ।

 

पानीको मूल्य ५० रुपैयाँ तोकिए पनि बजारमा गुणस्तर कायम गरी खुद्रा मूल्य हालको बजारमा प्रचलित रहेको ३० रुपैयाँदेखि ४० रुपैयाँ भन्दा कम समेत हुन सक्ने छ ।

सामलिङ पावरको १२ लाख ३० हजार कित्ता आइपीओ आउँदै, विक्री प्रबन्धक नियुक्त Read Previous

सामलिङ पावरको १२ लाख ३० हजार कित्ता आइपीओ आउँदै, विक्री प्रबन्धक नियुक्त

चाडवाडको सिजनमा पनि मुख्य बजारमै व्यापार शून्य, व्यापारी भन्छन् -बोहनी हुनै गाह्रो छ, के दशैं आयो भन्नु Read Next

चाडवाडको सिजनमा पनि मुख्य बजारमै व्यापार शून्य, व्यापारी भन्छन् -बोहनी हुनै गाह्रो छ, के दशैं आयो भन्नु