सामलिङ पावरको १२ लाख ३० हजार कित्ता आइपीओ आउँदै, विक्री प्रबन्धक नियुक्त

काठमाडौं । सामलिङ पावर कम्पनीले सर्वसाधरणमा प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

 

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ को दरमा १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्न एसबीआई मर्चेण्ट बैंकिङलाई विक्री प्रबन्धक तथा सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

 

सेयर निष्काशन सम्बन्धी सम्झौतामा सोमबार सामलिङ पावरकोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेल र नेपाल एसबीआइ मर्चेण्टका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारतीले हस्ताक्षर गरे।

 

ऊर्जा डेभलपर्स प्रालिको ग्रुप कम्पनी सामलिङ पावरले इलाम जिल्लामा ९.५१ मेगावाटको आयोजना बनाइरहेको छ । उक्त आयोजना २०२० डिसेम्बरसम्ममा सम्पन्न गर्ने कम्पनीको लक्ष्य राखेको छ ।

 

ऊर्जा डेभलपर्सले ग्रुप कम्पनी मार्फत अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ ।

फेरि हाइड्रोको सेयरमा झुम्मिए लगानीकर्ता, साढे २ अर्ब बढीको कारोबार Read Previous

फेरि हाइड्रोको सेयरमा झुम्मिए लगानीकर्ता, साढे २ अर्ब बढीको कारोबार

वाणिज्य विभागले तोक्यो पानीको मूल्य, यस्तो छ नयाँ भाउ Read Next

वाणिज्य विभागले तोक्यो पानीको मूल्य, यस्तो छ नयाँ भाउ