काठमाडौं। कोरोना भाइरसको संक्रमण फैलिएपछि बीमा समिति एक साताको लागि सिल गरिएको छ ।
बीमा समितिमा कार्यरत तीन जना उच्च तहका कर्मचारीसहित आधा दर्जन कर्मचारीमा कोरोना पोजेटिभ देखिएसँगै कार्यालय एक साताको लागि बन्द गरिएको हो ।
सोमबारदेखि एक साताको लागि कार्यालय सिल गर्ने निर्णय गरिएको बीमा समितिले जनाकारी दिएको छ ।
आपतकालीन कामहरु घरैबाट गर्ने गरी कार्यालय सिल गरिएको बीमा समितिले जनाएको छ ।