कर्मचारीम कोरोना देखिएपछि यातायात कार्यालय भक्तपुरका सबै सेवा बन्द

काठमाडौं । यातायात व्यवस्था कार्यालय भक्तपुरले लाइसेन्स वितरण लगायत सबै सेवाहरु केही दिनका लागि बन्द गरेको छ ।

 

कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि यातायात व्यवस्था कार्यालयले सूचना निकालेर असोज १८ गतेबाट भक्तपुरबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बन्द गरेको जानाकारी गराएको हो ।

 

कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि सबै सेवाहरु स्थगित गरिएको जनाएको छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा याचना समेत गरेको छ ।

आइएमई पे एप मिलियन क्लबमा प्रवेश Read Previous

आइएमई पे एप मिलियन क्लबमा प्रवेश

बीमा समिति एक साताका लागि बन्द Read Next

बीमा समिति एक साताका लागि बन्द