अझै २१ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी, कुन प्रदेशमा कति ? (नामावलीसहित)

काठमाडौं। देशभरका २१ वटा स्थानीय तहमा मात्र बैंकको शाखा पुग्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकको असार मसान्तसम्मको तथ्यांक अनुसार ७५३ स्थानीय तहमध्ये ७३२ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेका छन् ।

 

प्रदेश ५ का सबै १०९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगिसके पनि बाँकी ६ वटा प्रदेशका २१ तहमा शाखा पुग्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ।

 

राष्ट्र बैंकका अनुसार १ नं. प्रदेशमा १, प्रदेश नं. २, ३ र गण्डकी प्रदेशका समान २/२, सुदूरपश्चिम प्रदेशका ६ र कर्णाली प्रदेशका ८ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेको छ ।

 

राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशका ८ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेको छ । असार मसान्त सम्ममा कर्णाली प्रदेशको ७९ स्थानीय तहमध्ये ७१ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशका ६ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छैनन् । यस प्रदेशका ८८ स्थानीय तहमध्ये ८२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

 

यस्तै प्रदेश नं. १ का १३७ स्थानीय तहमध्ये १३६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् भने प्रदेश नं. २ का १३६ मध्ये १३४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् ।

 

यस्तै प्रदेश नं. ३ का ११९ मध्ये ११७, गण्डकी प्रदेशको ८५ मध्ये ८३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

 

दक्षिण एशियामै दोस्रो सर्वाधिक धेरै जंगल, वार्षिक ६०० करोडको काठ आयात Read Previous

दक्षिण एशियामै दोस्रो सर्वाधिक धेरै जंगल, वार्षिक ६०० करोडको काठ आयात

१३ प्रतिशतले बढ्यो व्यापार घाटा, १४ खर्ब १८ अर्बको सामान आयात Read Next

१३ प्रतिशतले बढ्यो व्यापार घाटा, १४ खर्ब १८ अर्बको सामान आयात