दूर्गममा द्रुतगतिको इन्टरनेट विस्तार गर्दै टेलिकम, डोटीमा एफटीटीएच सेवा शुरु

काठमाडौं । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटीटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ ।

 

जिल्लामा पहिलोपटक उक्त सेवा शुरु गरिएको हो । सेवा शुरु भएसँगै ग्राहक पनि दिनहुँ बढ्न थालेको नेपाल टेलिकम दिपायल राजपुरले जनाएको छ ।

 

अहिलेसम्म जिल्ला सदरमुकाम सिलगढीमा १७८ तथा पिपल्ला र राजपुर बजारमा २५४ गरी कूल ४३२ ग्राहकले एफटीटीएच सेवा जडान गरेका छन् ।

 

यहाँका प्रमुख बजार पिपल्ला, राजपुर, दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा उक्त सेवा जडान गर्ने कार्य शुरु गरिएको हो । उक्त फाइबर टु द होम अर्थात् एफटिटीएच सेवाअन्तर्गत एउटै केवलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुतगतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने नेपाल टेलिकम दिपायलले जनाएको छ । यतिमात्र नभई उक्त सेवाबाट टीभीसमेत चलाउन मिल्ने बनाइएको छ ।

 

यसअघि यो सेवा काठमाडौँमा मात्रै शुरु गरिएको भए पनि पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा विस्तार गर्न थालिएको छ । नेपाल टेलिकमले एफटीटीएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेजसमेत उपलब्ध गराइरहेको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले जानकारी दिए।

 

उनका अनुसार एफटीटीएच सेवाअन्तर्गत न्यूनतम १ वर्षका लागि आड एमबीपीएसको प्याकमा जम्मा रु आठ हजारमा उपलब्ध शुल्क लाग्ने भएको छ भने २० एमबीपीएसको प्याकमा १२ हजार लाग्ने भएको छ । हाल एफटिटीएच प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाइ राउटर (सीपीइ) र १०० मिटर फाइबर केवल तार निःशुल्क प्राप्त गरिरहेका छन् ।

 

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपलप्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवा प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी र अत्याधुनिक भएको नेपाल टेलिकम दिपायल राजपुरका प्रमुख केशवराज भट्टले बताए ।

 

उनले भने, ‘यो नेट प्रविधि तारको सट्टामा घरसम्म अप्टिकल फाइवर पुर्याई ट्रिपलप्ले सेवा दिने भएकाले राम्रो छ र इन्टरनेटको क्षमता पनि अरुभन्दा छिटोछरितो छ, उच्च गतिको भाइवरबाट सञ्चालन हुने भएकाले ग्राहकलाई राम्रै फाइदा छ ।’

 

पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले पनि सेवा अपग्रेड गरी एफटिटीएच सेवा लिनसक्ने र यो आइपीमा आधारित सेवा भएको दिपायल राजपुर टेलिकमका प्राविधिक मुकेश रावलले जानकारी दिए। हाल जिल्लामा जडान गरिएका दुईवटा एफडीसी (फाइवर डिष्ट्रिब्युसन क्याबिनेट) को एक हजार २४ लाइन एफटिटीएच वितरण क्षमता रहेको र यसमध्ये ७६८ लाइन तत्काल वितरण गर्न सकिने नेपाल टेलिकम दिपायल राजपुरले जनाएको छ ।

 

यसैगरी जिल्लामा थप सात वटा एफडीसी जडान गरी ग्रामीण तथा घना बस्ती क्षेत्रमा समेत उक्त सेवा थप विस्तार गर्ने टेलिकमको योजना छ । जिल्लामा यसअघि एडीएसएल र फोरजी सेवा विस्तार गरिँदै आएको भए पनि अबदेखि जिल्लाका सबै ठाउँमा एफटिटीएच सेवा सञ्चालन हुने टेलिकम राजपुरले जनाएको छ ।

 

डोटीमा यो सेवा विस्तार भएपछि छिमेकी जिल्ला डडेल्धुरा, बैतडी, अछाम, बझाङ र बाजुरामा पनि विस्तार गरिने टेलिकमको योजना रहेको प्रमुख भट्टले जानकारी दिए । ल्याण्डलाइन नभए पनि इनटरनेट तथा टीभी सेवा सञ्चालन हुने भएकाले जिल्लामा अहिले यो सेवा लिने ग्राहकको सङ्ख्या बढेको बताइएको छ ।

आत्मनिर्भर उन्मुख जुत्ता उद्योग गम्भीर संकटमा, राज्यले सहजीकरण नगरे २० अर्ब लगानी डुब्ने खतरा Read Previous

आत्मनिर्भर उन्मुख जुत्ता उद्योग गम्भीर संकटमा, राज्यले सहजीकरण नगरे २० अर्ब लगानी डुब्ने खतरा

सिभिल बैंकले शुरू गर्‍यो किसान समृद्धि कार्ड सुविधा, किसानले ५ लाखसम्म ऋण पाउने Read Next

सिभिल बैंकले शुरू गर्‍यो किसान समृद्धि कार्ड सुविधा, किसानले ५ लाखसम्म ऋण पाउने