काठमाडां । ‘नाडा अटो शो २०१८’ मा पहिलो पटक सार्वजनिक भएको टीभीएस एनटर्क १२५ छोटो समयमै नेपालमा सर्वाधिक सफल स्कुटरको रुपमा स्थापित भएको छ ।
जगदम्बा मोटर्सले भर्चुअल कार्यक्रम गर्दै टिभीएस एनटर्क १२५ नेपालमा सर्वाधिक सफल स्कुटर बन्न सफल भएको जानकारी दिएको छ ।
उक्त भर्चुअल कार्यक्रममा टीभीएस एनटर्क १२५ का ब्राण्ड एम्बेसेडर अभिनेता प्रदीप खड्का र अभिनेत्री स्वस्तिमा खड्काको पनि उपस्थिति रहेको थियो । ग्राहकका इच्छा र चाहाना अनुरुप यसले प्रदर्शन गर्न सकेका कारण यसले छोटो समयमा नेपालमा सफलता प्राप्त गरेको छ ।
जगदम्बा मोटर्सले नेपालमा नै पहिलो स्मार्ट कनेक्ट सहितको पावरफुल स्कुटर भित्र्याएको थियो । हाल यो स्कुटर विभिन्न ३ भेरियन्टमा उपलब्ध रहेको छ ।
ड्रम ब्रेक, डिस्क ब्रेक र रेश एडिशन गरि तीन भेरियन्टमा रहेको यो स्कुटर महिला वर्गमा मात्र होइन युवा तथा जुनसुकै उमेर समूहका चालकलाई सुहाउँदो रहेको छ ।
भारतमा स्कुटर अफ दि इयर अवार्ड, अटो कार अर्वाड, वेष्ट कम्युटर टु ह्वीलर अवार्ड जस्ता विभिन्न अवार्ड जित्न सफल रहेको एनटर्क रेसिङ्ग डीएनएबाट प्रेरित रहेको छ ।