काठमाडौं । दर्शकहरुको रुचि अनुसार डिशहोमले शुरू गरेको हास्य विषयवस्तुहरु समेटिएका कार्यक्रमहरु पस्कने च्यानल कमेडि प्लसमा, मंगलबारदेखि नयाँ हास्य टेलिचलचित्र ‘अड्डा’ शुरू भएको छ ।
विगत लामो समयदेखि कमेडी सिरियलमा अभिनय, निर्माण तथा निर्देशन गर्दै आएका किशोर भण्डारी ‘डिट्ठासाब’ यस सिरियलको निर्देशन गरेका हुन् ।
भण्डारी का अनुसार हास्य विधामा बन्ने गरेका नेपाली टेलिसिरियलहरु उस्ता उस्तै लाग्ने भएपनि ‘अड्डा’ केही फरक प्रस्तुति लिएर आएको छ ।
डिशहोमका ग्राहकहरूले हरेक मंगलबार बेलुकी ९ बजे कमेडि प्लस टेलिभिजनमा ‘अड्डा’ हेर्न सक्नेछन् ।