काठमाडौं । साउन लागेसँगै बैंक तथा वित्तीय संस्थाहरुले धमाधम वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा नेपाल एसबीआई बैंकले पनि मंगलबार आर्थिक वर्ष २०७५/७६ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो वर्षको तुलनामा खुद नाफा १३.८४% ले बढाएको छ । बैंकले आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब ३० करोड ३६ लाख रुपैयाँ खुद नाफा
आर्जन गरेको छ ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा २८ करोडले बढी हो । गत वर्ष बैंकले २ अर्ब २ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा १ अर्ब ५९ करोड ६८ लाख २५ हजार पुगेको छ ।
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद ब्याज आम्दानी १४.६% ले बढाएर ४ अर्ब ७४ करोड ६९ लाख रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा १३.४८% ले बढेर ३ अर्ब १३ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
यस्तै, बैंकको प्रतिसेयर आम्दनी २.१रुपैयाँले बढाएर २७.२६ रूपैयाँ पुर्याएको छ । बैंककाे प्रतिसेयर नेटवर्थ १६७. ८९ रूपैयाँ रहेकाे छ ।
यस्तो छ बैंकको मुख्य सूचकहरुको अवस्था
