काठमाडौं । जनता बैंकसँग मर्जर सम्झौता गरेको ग्लोबल आईएमई बैंकले लोभलाग्दो प्रगति गरेको छ । बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ चौथो त्रैमासिक वित्तीय विवरण अनुसार आफूलाई बलियो वाणिज्य बैंकको रुपमा उभ्याएको छ ।
ग्लोबलले सार्वजनिक गरेको विवरण अनुसार महत्वपूर्ण सूचकहरुमा आकर्षक प्रगति गरेको छ । बैंकले निक्षेप संकलन, कर्जा विस्तार, खुद ब्याज आम्दानी, सञ्चालन नाफा, प्रतिशेयर आम्दानीजस्ता सूचकमा राम्रो प्रगति गरेको छ । यस्तै बैंकले निस्क्रिय कर्जा अनुपात घटाउनु, स्प्रेड दर र आधार ब्याज दर तल झर्नुले कम्पनीको राम्रो पक्ष झल्काउँछ ।
सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले खुद नाफामा ३३.०२ प्रतिशतले वृद्धि गरि २ अर्ब ७९ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । योसँगै बैंकको वितरणयोग्य नाफा २ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यसअनुसार बैंकले शेयरधनीलाई २३ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता कायम गरेको छ ।
बैंकले निक्षेप संकलन ८८ अर्ब ८७ करोड ८० लाखबाट एक खर्ब ८ अर्ब ९८ करोड ५५ लाखमा बढाउँदा कर्जा परिचालन एक खर्ब ४ अर्ब ८५ करोड ५ लाखबाट एक खर्ब २० अर्ब ८ करोड ८४लाखमा बढोत्तरी गरेको हो । बैंकको कर्जा निक्षेप अनुपात ७८.६९ प्रतिशत छ ।
यस अवधिमा ग्लोबल आइएमई बैंकले आफ्नो खुद ब्याज आम्दानी एक अर्ब २९ करोड १५ लाख अर्थात ३३।३२ प्रतिशतले बढाएको छ । बैंकले ५ अर्ब १६ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
बैंकले आफ्नो खराब कर्जा अनुपात पनि घटाउँदै लगेको छ । गत आर्थिक वर्षमा ०.७७ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर ०.५५ प्रतिशतमा झरेको छ।
यस्तै बैंकले प्रतिशेयर आम्दानी ३.४७ रुपैयाँले बढाएर २७.११ रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षमा बैंकको प्रतिसेयर आम्दानी २३.६४ रुपैयाँ रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १५८.६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.८८ गुणा रहेको छ ।
यस्तो छ बैंकको मुख्य सूचकहरुको अवस्था :