ग्लोबल आइएमई बैंकले ९.९९% मै घर कर्जा दिने, डेढ करोडसम्म कर्जा पाइने

काठमाडौं। ग्लोबल आइएमई बैंकले ९.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने योजना ल्याएको छ। घर कर्जा आवेदन प्रक्रिया पूरा भएको तीन कार्य दिनभित्र कर्जा प्रवाह गरिने बैंकले जनाएको छ।

 

सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने, खरिद गर्ने तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको कर्जा सार्ने प्रयोजनाको लागि आम ग्राहकलाई लक्षित गरी यस्तो योजना ल्याएको हो।

 

यस योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि एक करोड ५० लाख रुपैयाँसम्म कर्जा दिन पाउने छन्।

 

यो योजना निश्चित अवधिको लागि रहेन र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ। बैंकका अनुसार ग्राहकको सुविधालाई मध्यनजर गर्दे बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजना ल्याइरहेको हो।

 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्द्श्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर, तथा शाखा रहित बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

 

बैंकले हाल १३८ वटा शाखा, २८ वटा एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १७१ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर तीन वटा सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाख भन्दा धेरै ग्राहकलाई सेवा दिँदै आएको छ।

समाजवाद र पूँजीवादबीचमा उत्तेजक बहस गर्नु नै बेकार Read Previous

समाजवाद र पूँजीवादबीचमा उत्तेजक बहस गर्नु नै बेकार

ग्लोबल आईएमईको खुद नाफा ३३% ले बढ्दा लाभांश क्षमता कति ? Read Next

ग्लोबल आईएमईको खुद नाफा ३३% ले बढ्दा लाभांश क्षमता कति ?