अमेरिकीहरु फेरि एक पटक आर्थिक प्रणालीको बारेमा बहस गर्न उत्सुक देखिएका छन् । सन् २०१६ मा राष्ट्रपतिका उम्मेदवार एवं स्वघोषित समाजवादी बर्नी सान्डर्सले पूँजीवाद र समाजवाद बीच बहस शुरु गरेका थिए, जुन धेरैको बुझाइमा सोभियत संघको विघटन भएसँगै असान्दर्भिक बनेको थियो । आजका अमेरिकी युवावर्ग समाजवाद र पूँजीवादमध्ये कुन चाहीँ व्यवस्था उत्कृष्ट भन्नेमा विभाजित भएका छन् ।

दूर्भाग्यवश अहिले यी अवधारणाहरु एकदमै द्धिविधाग्रस्त भएका छन् । सोभियत खेमाले पूँजीवादको आधिकारिक विकल्प दिन नसकेपछि मानिसहरु यस्ता अवधारणाहरुलाई आ–आफ्नो सुविधा अनुरुप व्याख्या गर्न थालेका छन् । स्वघोषित पूँजीवादका पहरेदारहरु सोभियत संघ, चीन र उत्तर कोरियाको आर्थिक असफलताको उदाहरण तेस्र्याउँछन् । अथवा भेनेजुयलाको आर्थिक विपत्तिलाई समाजवादको असफलताको रुपमा अथ्र्याउँछन् ।
समाजवादका सर्मथकहरु भने यस्ता आरोपहरुको खण्डन गर्न उत्तरी युरोपका देशहरु (डेनमार्क, फिनल्याण्ड, नर्वे, स्विडेन) को सफलताको उदाहरण पेश गर्छन् । सान्डर्स आफैंले नियमित रुपमा डेनमार्क र बेलामौकामा स्वीडेनको प्रशंसा गर्ने गरेका छन् । उनले त्यस्तै उपलब्धी अमेरिकामा हाँसिल गर्न चाहेको बताउने गरेका छन् । अन्य केही भने नर्वेसँग लोभिने गरेका छन् ।
अमेरिका, फ्रान्स, जापान, चीन र स्क्यान्डनेभिएन देशहरुले विगत तीन दशकमा अंगिकार गरेको आर्थिक प्रणालीलाई बुझ्न सहमतिमा अर्कै शब्दावलीको विकास गर्नु पो उपयुक्त हो की ? तर, जे भए पनि विगत दुई शताब्दी देखि चलिआएको समाजवाद ‘भर्सेस’ पूँजीवादको बौद्धिक युद्ध भने साँच्चैनै निरर्थक भइसकेको छ ।
तर, अमेरिकी समाजवादीहरुले तिनै देशहरुबाट बेला मौका नराम्रो भनाई खाएका छन् । सन् २०१५ मा डेनमार्कका प्रधानमन्त्री लार्स र्यासमसेनले आफ्नो मुलुकको व्यवस्था समाजवादी नभएर बजार अर्थतन्त्रमा आधारित भएको बताएका थिए ।
त्यसोभए सान्डर्स सहि छन् की र्यासमसेन ? स्क्यान्डनेभिएन देशहरु समाजवादी हुन् कि पूँजीवादी ? सत्य निकै सुक्ष्म र जटिल छ । समाजवाद वा पूँजीवादको सरल र स्पष्ट व्याख्या सम्भवत कहिल्यै भेटिने छैन । सरकारहरुले विभिन्न तवरले बजारमा हस्तक्षप गर्ने गरेका छन् ।
बजार पूर्ण छैन । यो असमान नतिजा र अन्य धेरै अप्रभावकारीताको मु्ख्य कारणको रुपमा पनि रहेको छ । सरकारले यस्ता समस्याको समाधान गर्ने प्रयास धेरै तरिकाबाट गर्न सक्छ । उसले केही सेवाहरु प्रत्यक्ष रुपमा प्रदान गर्न सक्छ । संयुक्त अधिराज्यको स्वास्थ्य सेवा यसको एउटा उदाहरण हो ।
उसले चीनमा झैं व्यवसायको सञ्चालन आफैं गर्न सक्छ, विभिन्न नियम कानुनहरुको माध्यमबाट बजारको गतिविधि नियन्त्रण गर्न सक्छ । अथवा यूनियन जस्ता संस्थाहरुको स्थापना गरेर बजारसँग शक्ति सन्तुलनको अवस्था सृजना गर्न सक्छ । र, राजश्व र खर्चको माध्यमबाट कमाई र सम्पत्तिकाे पुर्नवितरण गर्न पनि सक्छ ।
तर, सबै कदम एकैपटक चाल्न आवश्यक छैन । उदाहरणको लागि, स्क्यान्डनेभिएन देशहरुमा धेरै सेवाहरु सरकारले प्रदान गरिरहेको छ, धेरै पुर्नवितरण र बलिया यूनियनहरु छन् । भर्खरै प्रकाशित एक रिपोर्टमा जेपी. मोर्गनका सम्पत्ति व्यवस्थापन अनुसन्धानकर्ता माइकल सिम्बोलेस्टले विश्व बैंक, आर्थिक सहयोग र विकासको विभिन्न संकेतहरु अनुसन्धान गरेका थिए ।
त्यो नोटमा, स्क्यान्डनेभिएन देशहरू (जसमा उहाँ नेदरल्याण्ड्सलाई पनि समावेश गरेका छन्) मा सामान्यतया अमेरिकामा भन्दा कम पूँजी नियन्त्रण र व्यापार बाधाहरू छन् । उनीहरूले सम्पत्तिको अधिकार र व्यापार स्वतन्त्रताका सूचकहरुमा पनि उच्च अंक ल्याएका छन् ।

यी संकेतकहरू हेरिटेज फाउन्डेसन, एक दक्षिणपन्थी विचारधारा केन्द्र (थिङ्क ट्यांक), द्वारा संकलन गरिएका हुन् । उसका लागि धनी देशहरूलाई उच्च रेटिङ दिन चाहने केही कारण हुन सक्छन्, ब्यवसायीक स्वतन्त्रतालाई थप आकर्षक बनाउनका लागि ।
तर, ओइसिडीले गरेको स्क्यान्डनेभिएन देशहरुको सूचीकरणमा यी देशहरुमा कडा नियमनकारी व्यवस्था भएको उल्लेख गरेको छ । चाखलाग्दो कुरा के छ भने, सूचकहरुले अमेरिकामा पनि उद्योगहरुको उच्च नियमनको अवस्था रहेको देखाएका छन् ।

श्रम बजार फरक विषय हो । स्क्यान्डनेभिएन देशहरुमा कामदार निकाल्न सामान्यतया अमेरिकामा भन्दा गाह्रो छ । युनियनहरु र सामूहिक सम्झौताहरु बलियो अवस्थामा छन् ।
चाखलाग्दो कुरा, स्क्यान्डनेभिएन देशहरूमा श्रम अमेरिकाको तुलनामा राष्ट्रिय आयको सानो हिस्सा मात्र भएको सेम्बलेष्ट दाबी गर्छन् । यसको मलतब स्क्यान्डनेभिएन देशहरुमा व्यवसाय मैत्री नीतिहरुको प्रभावले श्रमिकहरुको रक्षाको विषय छायाँमा परेको संकेत गर्दछ, मौद्रिक हिसाबले मात्र मापन गर्दा ।
स्क्यान्डनेभिएन देशहरुमा अवश्य पनि करको दर उच्च छ र सामाजिक सुरक्षामा खर्च उच्च छ :
11
यस्ता नीतिगत फरकपनाहरु फरक-फरक प्रणालीका पक्षपोषक हुन् वा होइनन् भनेर खुल्ला बहस गर्नका लागि ठूला मुद्दा हुन वा होइनन् भन्ने प्रश्न छ । केही अर्थशास्त्रीहरू यस्तो फरक नीतिहरुको अवस्थालाई पूँजीवादकै फरक ढंगले हेर्छन् । देशहरुले समयसँगै आफ्ना नीतिहरु परिर्वतन गरिरहने हुनाले यो बिषयमा अझ जटिलता थपिएको छ ।
उदाहरणका लागि, सन् १९७० को दशकमा स्वीडेनले धेरै ठूलो पूर्नवितरण गरेको थियो । तर, सन् १९९० को दशक पछि यसको आर्थिक प्रणाली कम प्रगतिशील भएको छ । बर्नी स्यान्डर्सजस्ता अमेरिकी समाजवादी २० औं शताब्दीको स्क्यान्डनेभिएन मोडलमा बढी अल्मलिएका हुनसक्छन् । तर, त्यहाँ पनि अवस्थामा नाटकिय परिर्वतन आइसकेको छ ।
त्यसैले, समाजवाद र पूँजीवादबीचमा उत्तेजक अनलाइन बहस गर्नु धेरै अर्थमा बेकार छ । यस्ता बहसहरुले नीतिहरुका बहुआयामिक पक्षहरु र समयसँगै तिनमा आएका परिर्वतनहरुलाई नजरअन्दाज वा ढाकछोप गरिरहेका छन् । जसले समस्याहरुको सहि पहिचान र समाधानमा थप जटिलता ल्याएका छन् ।
बरु, अमेरिका, फ्रान्स, जापान, चीन र स्क्यान्डनेभिएन देशहरुले विगत तीन दशकमा अंगिकार गरेको आर्थिक प्रणालीलाई बुझ्न सहमतिमा अर्कै शब्दावलीको विकास गर्नु पो उपयुक्त हो की ? तर, जे भए पनि विगत दुई शताब्दी देखि चलिआएको समाजवाद ‘भर्सेस’ पूँजीवादको बौद्धिक युद्ध भने साँच्चैनै निरर्थक भइसकेको छ ।