अब सरकारले प्याज प्रतिकिलो ६० रुपैयाँमै बेच्ने, एक जनाले कति किलो किन्न पाउँछन् ?

काठमाडौं । बजार अनुगमनको क्रममा जफत गरेको प्याज सरकारले प्रतिकिलो ६० रुपैयाँमा बेच्ने भएको छ ।

 

गत हप्ता कालीमाटी र बल्खु तरकारी बजारबाट बरामद गरिएको करिब १२० क्विन्टल प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि सुपथ मूल्यमा विक्री गर्ने भएको हो ।

 

केन्द्रीय कार्यालय थापाथली केन्द्रबाट प्रतिकिलो ६० रुपैयँमा प्याज विक्री गरिने कम्पनीले जनाएको छ । जसमा प्रतिकिलो ५२ रुपैयाँ सरकारको राजश्व खातामा जाने र ८ रुपैयाँ व्यापार कम्पनीको ढुवानी खर्च बापत राखिने कम्पनीले जनाएको छ ।

 

व्यापार कम्पनीका अनुसार एकजना ग्राहकले एक पटकमा बढीमा ३ किलोसम्म मात्रै प्याज किन्न पाउनेछन् ।

 

गत साता भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको कालोबजारी गरी व्यापारीले एकै रातमा तेब्बरसम्म भाउ बढाएका थिए । प्याजको कालोबजारी भएको गुनासो बढेसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उपभोक्ता हित संरक्षण विभाग, काठमाडौं महानगरले राजधानीका मुख्य तरकारी बजार अनुगमन गरी लुकाएर राखेको प्याज जफत गरेको थियो ।

नबुझी प्रि-सेसनमा सेयर कारोबार गर्दा लगानीकर्ता फस्दै Read Previous

नबुझी प्रि-सेसनमा सेयर कारोबार गर्दा लगानीकर्ता फस्दै

चन्द्रगिरि रिसोट र केवल कारमा ५० प्रतिशत छुट Read Next

चन्द्रगिरि रिसोट र केवल कारमा ५० प्रतिशत छुट