अब सहकारीले कर्जाको ब्याज १४.७५ प्रतिशतभन्दा बढी लिन नपाउने

काठमाडौं । अब सहकारी संस्थाहरुले कर्जा लगानी गर्दा १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । ‘सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समिति’ले सोमबार यस्तो निर्णय गरेको हो ।

 

यसअघि यस्तो सन्दर्भ ब्याजदर १६ प्रतिशत थियो । सो व्यवस्था परिमार्जन गरी नयाँ सन्दर्भ दर तोकिएको हो । २०७७ कात्तिक १५ देखि लागू हुने सहकारी विभागले जनाएको छ ।

 

अब सहकारी संस्थाले बचतमा अधिकतम ८.७५ प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने भएका छन् । कर्जा र बचतको ब्याजअन्तर ६ प्रतिशत भन्दा कम हुनु पर्ने व्यवस्थाको कारण सहकारीले बचतमा पनि धेरै ब्याज दिन नपाएका हुन ।

 

सहकारी विभागको रजिष्ट्रारको संयोजकत्वमा सन्दर्भ ब्याजदर निर्धारण समिति गठन गरिएको छ । सोही समितिले पहिलो पटक सन्दर्भ ब्याजदर परिमार्जन गरेको हो ।

 

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई अधिकतम ब्याजदर सीमा १५ प्रतिशत कायम गरेपछि सहकारीमा सो भन्दा कम ब्याजदर कायम गर्ने दबाब थियो । सोहीकारण समितिले सन्दर्भदर परिमार्जन गरेको हो ।

अब विदेशमा रहेका नेपालीले डिजिटल माध्यमबाटै रेमिट्यान्स पठाउन सक्ने, यस्ता छन् शर्त Read Previous

अब विदेशमा रहेका नेपालीले डिजिटल माध्यमबाटै रेमिट्यान्स पठाउन सक्ने, यस्ता छन् शर्त

नेपाल-चीन रेलमार्ग : चीनतर्फको भौगोलिक सर्भे सकियो, नेपालतर्फ भने कुनै छाँटकाँट छैन Read Next

नेपाल-चीन रेलमार्ग : चीनतर्फको भौगोलिक सर्भे सकियो, नेपालतर्फ भने कुनै छाँटकाँट छैन