अब विदेशमा रहेका नेपालीले डिजिटल माध्यमबाटै रेमिट्यान्स पठाउन सक्ने, यस्ता छन् शर्त

काठमाडौं। अब विदेशमा रहेका नेपालीले डिजिटल माध्यमबाटै नेपालमा पैसा पठाउन पाउने भएका छन् ।

 

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले सूचना जारी गर्दै विदेशमा रहेका नेपालीलाई डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउन पाउने व्यवस्था गरेको हो ।

 

अब विदेशमा रहेका नेपालीहरुले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटहरु मार्फतमा रहेका आफन्तहरुको खातामा पैसा पठाउन पाउने सक्नेछन् । विदेशबाट पठाएको पैसा रेमिट कम्पनीलेस्वदेशी मुद्रामा भुक्तानी गर्नुपर्नेछ ।

 

हालसम्म बैंक खातामा वा रेमिटेन्स कम्पनीबाट मात्रै नेपालमा पैसा पठाउन पाइने व्यवस्था थियो ।

 

विदेशबाट डिजिटल माध्यमबाट पैसा पठाउँदा सम्बन्धित देशको डिजिटल पेमेन्ट इन्स्ट्रुमेन्टमा आवद्ध भएको, उक्त देशको नियामक निकायबाट इजाजत पाएको, क्रस बोर्डर कारोबार गर्दा सुरक्षा सम्बन्धी व्यवस्था उल्लेख गरिएको लगायत संस्थाबाट मात्रै रेमिट्यान्स पठाउन पाउने राष्ट्र बैंकले जनाएको छ ।

 

सानिमा जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपीओ आउँदै, बोर्डबाट पायो अनुमति Read Previous

सानिमा जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपीओ आउँदै, बोर्डबाट पायो अनुमति

अब सहकारीले कर्जाको ब्याज १४.७५ प्रतिशतभन्दा बढी लिन नपाउने Read Next

अब सहकारीले कर्जाको ब्याज १४.७५ प्रतिशतभन्दा बढी लिन नपाउने