काठमाडौं। सानिमा जनरल इन्स्योरेन्स कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
सानिमाले अंकित मूल्य १०० रुपैयाँमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ विक्रीका लागि सोमबार बोर्डबाट अनुमति पाएको हो । कम्पनीले आइपीओ निष्कासनका लागि गत असार १४ गते बोर्डमा निवेदन दिएको थियो।
७० प्रतिशत संस्थापक सेयर रहेको कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई विक्री गर्न लागेको हो। हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ भने आइपीओ निष्काशन पछि १ अर्ब रुपैयाँ पुग्नेछ ।
कम्पनीले यस अघि नै आइपीओ निष्काशनका लागि एनआइसी एशिया क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।