मर्जर सम्बन्धी कुनै निर्णय भएको छैन, हल्लाको पछि नलागौं : सिभिल बैंक

काठमाडौं । सिभिल बैंकले कुनै पनि बैंकसँग मर्जरमा जाने बारे कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।हिमालयन बैंकसँग मर्जरमा जान लागेको भन्दै हल्ला फैलिएपछि आइतबार नेप्सेले सिभिल बैंकसँग स्पष्टीकरण सोधेको थियो ।

 

नेप्सेले स्पष्टीकरण जवाफ पठाउँदै सिभिले मर्जर सम्बन्धी कुनै निर्णय नभएको र हल्लाको पछि नलाग्न सबैलाई आग्रह समेत गरेको छ ।

 

‘नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीति अनुरुप बैंकले मर्जर गर्नका लागि सम्भावित उपर्युक्त बैंकहरुको खोजी गर्ने क्रममा केही बैंकहरुसँग अनौपचारिक रुपमा कुरा अगाडि बढाएको भए पनि हालसम्म बैंकको मर्जर समिति तथा सञ्चालक समितिबाट कुनै पनि औपचारिक निर्णय नभएको जानकारी गराउँछौं,’ बैंकले नेप्सेलाई पठाएको जवाफमा भनेको छ ।

 

‘सेयर मूल्यमा असर पर्ने कुनै पनि सूचना प्रवाह नगरेको तथा उक्त प्रकाशित समाचारहरुको बारेमा बैंकको कुनै पनि आधिकारिक निर्णय नभएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु,’ बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

 

बैंकको सेयर मूल्यमा प्रभाव पर्ने गरी बैंकको तर्फबाट कुनै सूचना प्रवाह नभएको र औपचारिक निर्णय समेत नभएको बैंकले प्रष्ट पारेको छ ।

 

आइतबार हिमालयन बैंकसँग मर्जरमा जान लागेको भन्दै हल्ला फैलिएपछि लसिभिल बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको थियो भने खरिदकर्ताको उच्चा चाप थियो ।

 

साथै बैंकले सञ्चार माध्यमहरुलाई पनि औपचारिक निर्णय नभएका कुरामा भ्रम फैलिने खालका समाचार प्रकाशन तथा सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगोमा विश्व बजारमा पुग्दै नेपाली चिया, १२ कम्पनीले लोगो पाउने Read Previous

उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगोमा विश्व बजारमा पुग्दै नेपाली चिया, १२ कम्पनीले लोगो पाउने

चीनद्वारा गरिबी निवारणका लागि २५५ खर्ब परिचालन Read Next

चीनद्वारा गरिबी निवारणका लागि २५५ खर्ब परिचालन