चीनद्वारा गरिबी निवारणका लागि २५५ खर्ब परिचालन

चीनले विगत पाँच वर्षमा गरिबी निवारणका लागि १५ खर्ब चिनियाँ युआन (करिब २५५ खर्ब रुपैयाँ) भन्दा बढी लगानी गरेको सरकारी अधिकारीले आइतबार जानकारी गराएका छन् ।

 

चीनको राष्ट्रिय विकास बैंकद्वारा सार्वजनिक गरेको तथ्याङ्कमा सन् २०१६ देखि चालू वर्षको अगष्टसम्ममा गरिबी निवारणका लागि चिनियाँ राष्ट्रिय विकास बैंकले १५ खर्ब चिनियाँ युआनको ऋण परिचालन गरेको बताएको छ ।

 

बैङ्कले गरिबी निवारणका लागि अल्पसङ्ख्यक तथा गरिब समुदायको आर्थिक तथा सामाजिक दिगो विकासका लागि उक्त ऋण सहयोग दिएको हो ।

 

केही वर्षयता सरकारको गरिबी निवारणको नीतिलाई मजबुत बनाउनुका साथै बैंक र सरकारबीचको सहयोगलाई बलियो पारिएको र जिम्मेवारीलाई व्यवहारमा उतार्दै गरिब समुदाय रहेका क्षेत्रमा गरिबी निवारण कार्यक्रमलाई प्रोत्साहन गरिएको छ ।

 

बैङ्कले मध्य तथा दीर्घकालीन समयका लागि ऋण लगानी गर्दै बैंकिङ सेवाद्वारा नागरिक अर्थतन्त्रको महत्वपूर्ण मध्य तथा दीर्घकालीन विकास रणनीतिका लागि सेवा प्रदान गरेको छ ।एजेन्सी

मर्जर सम्बन्धी कुनै निर्णय भएको छैन, हल्लाको पछि नलागौं : सिभिल बैंक Read Previous

मर्जर सम्बन्धी कुनै निर्णय भएको छैन, हल्लाको पछि नलागौं : सिभिल बैंक

नबिल बैंकले ल्यायो नेपालमै पहिलो पटक फोनबाटै ऋण दिने सुविधा, यसरी पाइन्छ ऋण Read Next

नबिल बैंकले ल्यायो नेपालमै पहिलो पटक फोनबाटै ऋण दिने सुविधा, यसरी पाइन्छ ऋण