उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगोमा विश्व बजारमा पुग्दै नेपाली चिया, १२ कम्पनीले लोगो पाउने

काठमाडौं । नेपाल चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ ।

 

‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अङ्कित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए।

 

‘कार्यविधि बनेर लोगो कार्यान्वयनको चरणमा पुगेको छ,’ उनले भने, ‘पहिलो चरणमा देशभरका १२ वटा कम्पनीले लोगो पाउँदैछन् ।’ उनले मापदण्ड पूरा गरेर क्रमशः अन्य उद्योगलाई पनि लोगो प्रदान गरिने बताए ।

 

स्वास्थ्य, वातावरणीय, पर्यावरणीय लगायतका मापदण्ड पूरा गरेपछि मात्र लोगो पाउने उनले बताए। हाल प्रदान गरिने लोगो अर्थोडक्स चियाका लागि हो । लोगो कार्यान्वयनमा आएपछि विश्व बजारमा नेपाली चियाको विश्वसनीयता बढ्ने प्रमुख अधिकारी बताउँछन् ।

 

‘कानूनी मान्यताप्राप्त लोगो नहुँदा नेपाली चियाले विदेशमा त्यति धेरै विश्वास आर्जन गर्न सकेको थिएन,’ उनले भने, ‘लोगो कार्यान्वयनमा आएपछि नेपाली चिया क्षेत्रमा धेरै फाइदा पुग्ने छ ।’ विदेश निर्यात हुने कृषि जन्य वस्तुमा चिया प्रमुख बालीमा पर्छ ।

लाभांश प्रस्ताव पारित गर्न नाडेप लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले Read Previous

लाभांश प्रस्ताव पारित गर्न नाडेप लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले

मर्जर सम्बन्धी कुनै निर्णय भएको छैन, हल्लाको पछि नलागौं : सिभिल बैंक Read Next

मर्जर सम्बन्धी कुनै निर्णय भएको छैन, हल्लाको पछि नलागौं : सिभिल बैंक